Skip to content

क्रान्तिकारी


क्रान्तिकारी गोपालप्रसाद रिमालले
भने झै गरेर हो ऊ आउनेछ।

तर, यसपटक आउदा ऊ
सारा टुहुरा र आनाथहरुको निमित्त
आमाको काख भएर आउनेछ
हो ऊ आउनेछ अवस्थ ऊ एकदिन आउनेछ ।

र दानवरावणका सारा लालकिल्लाहरू
र मानवीय विभेदका पर्खालहरू भत्काउनेछ
यो इलाकामा
ऊ एक इञ्चार्ज इन्सपेक्टर निर्भय भएर आउनेछ
र सारा अपराधीहरुलाई समाउनेछ
र बनाउनेछ कारागारमा
त्यसलाई जिन्दगीभर जन्मकैदको भागिदार!!

समसान अन्धकारमा ऊ सुर्दोदय भएर आउनेछ
ईश्वरको अदालतमा,
अनि ऊ खुद एक न्यायधिस भगवान भएर आउनेछ
र पीडितहरुलाई
उनीहरुको अधिकार र इन्साफ दिलाउनेछ
हो यसैले ऊ आउनेछ।

को हिन्दू को मुसालमान को इसाइ
को बौधिस्ट को किरात?

मृत्युमा मान्छेले पुकार्ने एकै हो भगवान
ऊ सारा धर्मबिरहरुको लागि
एक समान भएर आउनेछ ।

सिकारी भ्रष्टाचारीहरुले
सिनो झै लुछेर देशको ठुकुटी
रित्याइरहेको बेलामा
ऊ महाराज भएर आउनेछ
ऊ एक शैनिक भएर आउनेछ
र समाउने छ यो पृथ्वीका सारा पापिहरू
र रहनेछैन मान्छेका घरहरुमा बनकर
राछ्यस र नरपिपासुहरू
रोगाएकाहरुको लागि ऊ दिगो इलाज भएर आउनेछ।
अनन्त उपचार भएर आउनेछ ऊ जरुर आउनेछ

भोकाएकाहरुको निमित्त गाँस भएर आउनेछ
यो लोकमा
अनि ऊ एक अलौकिक ईतिहास भएर आउनेछ
ऊ र यो सिङ्गो संसारको एक सरकार भएर !

देशद्रोही दुश्मन र चोर भ्रष्टाचारीहरुको पतन लागि
ऊ एक कठोर क्रान्तिकारी भएर आउनेछ

यो आवाज केवल मेरो कविताको आवाज हैन
ऊ आउदा आउदै बाटोमा बाघले खान सक्ने
त्यति कमजोर पनि छैन,

ऊ हराएको
ऊ डराएको भन्ने कदापि नसम्झ ए राछ्यसहरू
सायद, वर्तमानमा यसबेला ऊ अन्धकारको कुनै
अञ्जान गर्भमै छ
र भोलि बिहानको उज्यालो घामहरुमा
कुनै शहीद आमाको कोखबाट ऊ जन्मिदैछ

यसैले, ऊ अवश्य आउँछ आउछ आउँछ
र यो सारा संसार एकपटक हल्लाउँछ
तर, हिटलर जसरी हैन
नत, हुसेन र लादेन जसरी नै

यसरी कि जसरी कि कुनै साउथ इन्डियन मुभिमा
कुनै स्टाइलिस्ट हिरोले
गुनेगार टेरोरिस्टहरुको हातबाट
कुनै पवित्र स्थान दुसित हुनबाट जोगाउँछ
र हजार तीर्थयात्रीहरुको ज्यान बचाउछ।

ऊ मुजाहिद्दिन शैनिक भएर आउनेछ
अवश्य ऊ एकदिन आउनेछ,
र यो भयभीत संसार एकछिन चकित हुनेछ
र मर्दैगरेको वर्तमान र अतित फेरि पुनर्जीवित हुनेछ।

कुनै असाह्य निर्दोष बृद्धाको थोते ओठले बोलेको
कुनै पुरानो आवाज हो यो
कुनै अबोध सिशुको तोते ओठहरुले
बोल्ने नसक्ने कुनै बिरानो आवाज हो यो,

मानौ, आममान्छेहरुले पुकार्ने आवाज हो यो
ऊ आउनेछ र त्यसले हार्नेछ।

र लखट्नेछ बनकर अनि तस्करहरू
हाम्रो घरबाट
र हट्नेछ साम्राज्यवाद र पुजीवादका
दलाल स्याहरू
र रहनेछैन त्यसदिन यो संसारमा शोषक र सोषितका कुनै नामनिसानहरू
र हुनेछैन कहिले पनि यो संसारमा
जात, धर्म र ब्यहपारको नाममा कुनै लडाइ ।

धर्मको नाममा बिभाजित
यो विशाल विश्वको निमित्त
ऊ भगवान भएर आउनेछ

अस्पतालको आइसुलेनमा
काल पर्खिएर
जीवन हराइरहेकाहरुका लागि
जरुर ज्यान बनेर आउनेछ
अवश्य एकदिन

कोराना भाइरसको दबाइ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *