Skip to content

म गरिब तिमी धनी त्यसैले त फरक छौ

म गरिब तिमी धनी त्यसैले त फरक छौ
म डुलुवा तिमी माली त्यसैले त फरक छौ।।१।।

पंख छ तिमीमा उडिरहन्छ्यौ म हेरिरहें
म फूलको डाली तिमी फूल त्यसैले त फरक छौ।।२।।

शक्ति खिच्यौ यो तनबाट तैपनि म उभिरहें
म खोका हुँ तिमी गोली त्यसैले त फरक छौ।।३।।

रोपे नि तीर पलपल रैछ भाग्य म त बाँचिरहें
म शिकार तिमी शिकारी त्यसैले त फरक छौ।।३।।

मागि रह्यौ दिइ रहे तिमीले मागेको जति सबै
म रत्तो छु तिमी भरी त्यसैले त फरक छौ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *