• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

सहकारीमा बिपत ब्यवस्थापनको खाँचो

san — Fri, 04/24/2020 - 19:53

  • विश्लेषण/समालोचना
  • सन्तोष तिमल्सिना
  • कारोवार दैनिक

संकटको रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि सिंगो अभियानले ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरौं ।

पछिल्लो समय पूरा विश्व नै कोरोना भाईरसको महामारीका कारण त्रसित छ । विश्वका विकसित शक्तिशाली देशहरू समेत कोभिड–१९ को संक्रमणबाट अछुतो रहन सकेनन् । यसले विश्वको अर्थतन्त्रलाई नै प्रभाव परिदिएको छ । नेपाल पनि कोरोना भाइरसको शिकार बनेको छ । घरमै बसेर नेपालीहरू कोरोना भाईरसको सामना गरि रहेका छन । नेपालको उद्योग, व्यवसाय, कृषी, सेवा क्षेत्र, वित्तीय क्षेत्र सबैलाई यसले चकमन्न बनाई दिएको छ । त्यसमाथि सहकारी क्षेत्रमा पनि कोभिड–१९ ले ठूलो प्रभाव पारेको छ । अरु बेलामा सदस्यको घरदैलोमा नै गई सेवा प्रदान गर्ने सहकारी सेवा अहिले साँघुरीएको छ । विपद्मा परेका आफ्ना सदस्यहरूको समस्यालाई सहकारी संस्थाले समाधान गर्न सकिरहेको छैन । सहकारी क्षेत्रमा विपद् ब्यवस्थापनको खाँचो खड्किरहेको अनुभुती हुन थालेको छ ।
नेपाली बृहत शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।संस्थामा उपलब्ध स्रोत र साधनलाई समान रूपले शेयर सदस्यहरूलाई समान रूपले आर्थिक उपलब्धीहरू वितरण तथा सदस्यहरूको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु सहकारीको उद्देश्य नै हो ।
यस्तै सहकारी ऐन २०७४ अनुसार कार्यक्षेत्रमा आधारित र सदस्य केन्द्रित भई आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल गर्नु संस्था वा सघको मुख्य उद्देश्य हुनेछ भनि उल्लेख गरिएको छ । सदस्य र आफ्नो व्यवसायको हित प्रवद्र्धन तथा सो को बजारीकरण गर्नु, सहकारी संघ संस्थाले उत्पादन तथा सेवाको मापदण्ड निर्धारण गरी गुणस्तर सुधार, आर्थिक स्थायित्व र जोखिम व्यवस्थापनका साथै सदस्यलाई शिक्षा, सूचना र तालीम प्रदान गर्ने तथा सदस्य संस्था वा संघमा सुशासन प्रवद्र्धन गर्नु सहकारी संघ संस्थाको प्रमुख कार्यहरू हुन् ।
सहकारीले आफ्ना शेयर सदस्यहरूलाई सामूहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्दछ । सहकारीका माध्यमबाट सामाजिक न्याय र समानताको वातवारण कायम गरी समृद्ध समाजको निर्माणका साथै सामाजिक सद्भाव, आपसी सहयोग र एकताको भावना जागृत गराउँदछ । नेपालको सहकारी अभियानले ६३ औं वसन्त पार गरिसकेको छ ।
सबै वर्ग, जाती, धर्म र समुदायका मानिसहरू सहकारी अभियानमा गोलबद्ध भएका छन । दिनभरी श्रम गरेर बिहान बेलुकाको हातमुख जोड्ने श्रमजिवी, लघुब्यवसाय संचालन गरेर दैनिकी गुजार्नेहरूदेखी मध्यम व्यवसायिहरू समेत सहकारी संस्थाका शेयर सदस्य रहेका छन । श्रम बेचेर परिवारको आवश्यकता टार्दै आएका निम्न वर्गका कुनै न कुनै सहकारी संस्थामा आवद्ध छन । आफ्नो कमाईबाट खर्च गरेर बाँकी रहेको स–सानो रकम बचत गर्ने, आवश्यकतामा ऋण उपयोग गर्ने र संस्थाको नियमानुसार भुक्तानी गर्नु शेयर सदस्यको दायित्व हो । विपद्को समयमा शेयर सदस्यहरू संस्थाप्रति आशावादी हुन्छन । यस्तो बेला सहकारीले सदस्यहरूको सबै आवश्यकताहरू पूरा गर्न नसक्ला, तर राहत महशुष हुने खालका गतिविधिहरू पक्कै पनि संचालन गर्न सक्दछन । सदस्यहरूको र भरोसाको केन्द्रविन्दु भनेकै सहकारी संस्था हो । त्यसैले यो अवस्थामा सहकारी संस्थाहरू चुप लागेर सदस्यहरूलाई निराश हुन दिनु हुन्न ।
वि.सं. २०७२ सालको विनाशकारी भुकम्पबाट विक्षिप्त भएका अनि नाकाबन्दीको मार खेपेर भखरै मात्र तङ्गिँ्रदै गरेका नेपाली नागरीकहरू फेरी महामारीको संन्त्रासमा जीवनयापन गर्न बाध्य भएका छन । संकटको बेलामा सहकारी संस्थाले आफ्ना लागि केही सहयोग गरिदियोस भन्ने सदस्यहरूले अपेक्षा राख्दछन् । जुन सहकारी संस्थाले विपतको समयमा सदस्यहरूसंग हातेमालो गर्न सक्छ, ती संस्थाहरू जिवन्त रहन्छन । विपद्मा सदस्यहरूको स्वास्थ्य, सुरक्षालाई उच्च प्राथामिकतामा राखी सहकारीले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ । जबसम्म सहकारीका शेयर सदस्यहरू मजबुद हुन्छन, तब मात्र सहकारी संघ संस्थाहरू सबल र सक्षम बन्छन । यसर्थ सदस्यहरूको जीवनस्तरमा सुधार ल्याई आत्मनिर्भर बनाउनुका समृद्धिको बाटो तर्फ उन्मुख गराउनु पर्दछ । सदस्यहरको हितलाई ध्यानमा राखेर कार्यक्रम संचालन गर्ने हो भने सहकारीलाई नाफामुखी नभई सेवामुखी ढंगबाट संचालन गर्नु पर्दछ ।
सहकारी ऐन २०७४ को परिच्छेद १० मा सहकारी संस्थाको कोषसम्बन्धी व्यवस्था गरिएको छ । जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोष, सहकारी प्रवद्र्धन कोष, सहकारी शिक्षा कोष, शेयर लाभाशं कोष, सामुदायिक विकास कोष, सहकारी विकास कोष, कर्मचारी बोनस कोष, घाटापूर्ती कोष जस्तै अन्य जोखिम ब्यवस्थापन कोषको व्यवस्था गरिएको छ । यो कोषबाट बिमा क्षेत्रले समेट्न नसकेका वा जोखिम व्यवस्था नगरिएका क्षेत्रमा आउने जोखिमबाट राहत पाउन यो कोषको परिचालन गर्न सकिन्छ ।
सहकारी संघ संस्थाहरूले आर्थिक बर्षको अन्त्यमा नाफाको केही अंश विपद् ब्यवस्थापन कोषमा छुट्याउँदै जाने हो भने विपतमा छटपटयाई रहेको सदस्यहरूको घाउमा केही हदसम्म भए पनि मलमपट्टी लगाउन सकिन्छ । २०७२ साको विनाशकारी भुकम्पले निम्त्याएको संकट र त्यसबाट उत्पन्न समस्या, चुनौतीलाई मध्यनजर गर्दै केही सहकारीहरू विपद् ब्यवस्थापन कोष व्यवस्था गरेका छन । भविष्यमा आउन सक्ने अनपेक्षित प्रकोप तथा संकट समाधान र न्यनिकरण गर्न सकिन्छ ।
प्राकृतिक प्रकोप, महामारी कुन बेला आँउछ त्यो कसैलाई पनि थाहा हुँदैन । भविष्यमा हुन सक्ने सम्भावित विपत, संकट र जोखिमलाई ब्यवस्थापन गर्नका लागि सहकारी संस्थाहरूले आजैबाट दुर्गामी सोचका विपद् ब्यवस्थापन कोष खडा गर्न जरुरी देखिन्छ । प्रकोप तथा महामारीबाट शेयर सदस्य मात्र हैन संस्था आफै पनि जोखिममा पर्न सक्छन । सहकारीको दिगो विकासका लागि दीर्घकालीन सोच, प्रभावकारी रणनीति, जिम्मेवारी र जवाफदेही नेतृत्व, सक्षम दक्ष ब्यवस्थापनले पुग्दैनदुर्गामी योजना र कार्यक्रमहरूको समेत आवश्यकता पर्दछ ।
सिंगो सहकारी अभियानले महामारी निम्त्याएको समस्या र चुनौतीका बारेमा साझा अबधारणाको तयार गरी सही बाटोलाई अबलम्बन गर्नु पर्ने अवस्था आएको छ । सहकारी संघसंस्था, सहकारी अभियन्ता, सहकारी विशेषज्ञ, सहकारीकर्मी र सहकारीसंग सम्बन्धित निकायहरूले महामारीका कारण सदस्यहरूको जनजीवनमा पारेको असरले गर्दा सहकारी अभियानमा पर्ने प्रभावका बारेमा चिन्तन गर्न जरुरी छ । सहकारीले विपतको रोकथाम र न्यूनिकरणका निमित कोरोना भाईरस संक्रमणको बारेमा सचेत हुँदै समान्य सेवा प्रदान गर्दै आएको छ । जोखिम ब्यवस्थापनका लागि सुरक्षित ढंगबाट सदस्यहरूलाई सूसूचित गराउँदै आएका छन ।
कतिपय सहकारी संघसंस्थाहरू बैंकले संक्रमण विरुद्धको अभियानमा सरकारी कोषमा सहयोग गरेका छन । यति गर्दैमा सहकारी अभियान्ताहरूले सदस्यप्रति गर्नु पर्ने दायित्व भने पूरा हुँदैन । सहकारीहरूले रचनात्मक कार्यहरू गरी विपद् ब्यवस्थापनका उपायहरू अबलम्बन गर्नु पर्ने देखिन्छ ।
महामारीले ल्याएको समस्या, सहकरी क्षेत्रका चुनौती, आर्थिक प्रभाव, जोखिम न्यूनिकरण र सहकारीको दिगो ब्यवस्थापन लगायतका बिषयहरू माथी सम्बोधन हुने खालको योजना बनाई सहकारी अभियानको निरन्तरताको सम्बन्धमा बेलैमा सोचौं र अघि बढौं । संकटको रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि सिंगो अभियानले ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरौं ।

मिति ः २०७६ चैत्र २८ गते कारोवार दैनिकमा प्रकाशित

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 29
  • 60 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 6 hours ago
  • आभार
    4 days 2 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 1 hour ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 2 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 2 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • जुनेली रात
  • मिथिलाक किसान
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • कुकुर
  • कोरोना भाइरस
  • महलकी रानी
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • काली
  • प्रेम पाप होइन
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • अनुरागक डोर (गजल)

Last viewed:

  • देशको बलात्कार
  • छाकै पिच्छे युद्ध हुन्छ
  • यो मेरो मातृभूमि
  • रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध
  • कस्तो हो यो जिन्दगी तिमीबिना अधुरो छ
  • “एक नजर हेरे पुग्छ ”
  • अलौकिक अनि भयबह रात,,,
  • मैले हेरेकै हुँ
  • गजल (फर्की आऊ हे परदेशी)
  • वर्षाद गराउछ सङ्गीतले
  • खहरेको भेल-रहेछ
  • एक पल पनि रमाइलो
  • चरीको यात्रा
  • जिन्दगि
  • मेरो साथी पुतली
  • गौंथलीको चिरबिर (१)
  • शीतलहर बढ्दो छ
  • देवी (अनूदित लघुकथा)
  • टाढा धेरै टाढा उडेका रंगीन चरा
  • खानका लागि एक गेडो चामल
  • आन्दोलन गर्न छोड
  • सपना देख्नुभयो?, बिपनामा के होला?
  • रामनवमी
  • भाइटीका गजल
  • जद्दी कविको जिद्दी बालक
  • मामाको घोडी र घोडाहरू
  • हामी नेपाली
  • नूतन वर्षको प्रतीक्षामा
  • एकांकी ११ - परिवर्तन
  • आउँछु म छिट्टै अब
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित