Skip to content

अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम

अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम

पद्मराज काफ्ले*
कोरोनाकोमात्र होइन, कुनै पनि रोगको बाटो छेक्ने, उसलाई आफ्नो नजिक आउन नदिने, रोगको प्रतिरोध गर्नसक्ने क्षमता हामी सवैमा हुन्छ । तर, त्यसबाट लाभ प्राप्त गर्नको निमित्त हामीले केही नियम अवश्य पालन गर्नु पर्दछ । मानव शरीर पञ्चतत्व— पृथ्वि, जल, अग्नि, वायु र अकाशतत्व—बाट निर्मित हो । यिनीहरूको सन्तुलन राम्रो रहेसम्म मानव शरीर स्वस्थ रहन्छ । पृथ्वितत्वले हाम्रो आहारलाई संकेत गर्दछ । स्वास्थ्यवर्धक, ताजा, पृथ्वीले नै प्रदान गर्ने अन्न, सागपात, कन्दमूल, मरमसलाहरू—बेसार, जिरा, मरिच, धनियाँ, दालचिनी, टिमुर, लहसुन, मर्हट्ठी, अदुवा÷सुँठो आदि—ले प्रतिनिधित्व गर्दछन् । जल तत्व भनेको जल÷पानी हो । हाम्रा वैदिक शास्त्र उपनिषद्हरूमा यत्रतत्र आहारको बारेमा वर्णन गरिएको छ । हाम्रो पेटको चारभागको दुईभागलाई अन्नादि खाद्य पदार्थले, एकभागलाई जलले भर्नु पर्दछ र एकभाग वायुको निमित्त खाली नै राख्नु पर्दछ, भनिएको छ । अग्नितत्वको गुण ताप÷तातो हो । ताप हामीलई सूर्य र अग्निबाट प्राप्त हुन्छ । सूर्यको तापमा विभिन्न रोग नासक तत्वहरू, औषधीयगुण रहेका हुन्छन् । सूर्यको प्रकाशले जीवलाईमात्र होइन, सम्पूर्ण प्रकृतिमा रहेका रूख, विरुवा, वनस्पति आदिलाईसमेत प्रष्फुटित गराई हरिलोभरिलोे र ताजा गराएको हुन्छ । त्यस कारणले सकभर विहान बालरविको तापले शरीरलाई सेक्नु पनि आवश्यक छ । स्वस्थ शरीरको ताप फोरेन हाइट ९८.४ हुनुपर्दछ र हुन्छ । त्यो भन्दा घटिबढि भयोभने हामी अस्वस्थ हुन्छौँ । त्यसकारणले हामीले खाने÷पीउने कुराहरू पनि त्यत्ति नै तापमा हुनु पर्दछ । बढितातो वा बढिचिसो भएमा पुनः ताप सञ्तुलनमा ल्याउन शरीरको संचित अतिरिक्तउर्जा÷शक्ति व्यय हुनजान्छ । त्यसबाट स्वास्थ्यमा प्र्िरतकूल प्रभाव पर्न सक्दछ । तसर्थ सवै खाने÷पीउने कुरा मनतातो हुनु पर्दछ । आकाशतत्व सर्वत्र विद्यमान छ । यसको सन्तुलनको निमित्त हामीले बेही गर्नु पर्दैन । तर, प्रदूषण मुक्त वातावरणमा श्वास फेनर््ा भने आवश्यक हुन्छ । अर्को महत्वपूर्ण तत्व हो वायुतत्व । मानव शरीरमा गर्भावस्थादेखि जीवनको अन्तिम क्षणसम्म रहने प्राणाधार वायु÷अक्सिजनको महत्वपूर्ण स्थान रहेको हुन्छ । यिनै पञ्चतत्वसम्बधित उपचार पद्धतिमा आधारित मार्गदर्शन आयुर्वेद विभागले स्वीकृत गरेको छ ।
आयुर्वेद र वैकल्पिक चिकित्सा अन्तर्गत आजको अदृश्य शक्तिलाई ‘‘हामीले हाल कोपिड–१९ को उपचार खोप नभएको अवस्थामा शरीरको आन्तरिक शक्ति बढाएर सङ्क्रमण हुन नदिन आयुर्वेदिकलगायतका वैकल्पिक चिकित्सा विधि अन्र्तगतका प्रमाणिक प्रकृया अपनाउन आग्रह गरेका छौँ ।” भन्दै नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पेश गरिएको बृहत् मार्गदर्शन (गाइडलाइन) स्वास्थ्य मंत्रालयले स्वीकृत गरेको समाचारहरू प्रकाशित भएको छ । त्यो मार्ग दर्शनमा भनिएको छ, ‘‘प्राणायाम, योग आदिले फोक्सोको क्षमता बढाएर स्वसन संस्थानको स्वास्थ्य बलियो पार्दा भविष्यमा कुनै समस्या भएर भेन्टिलेटरमा रहनु पर्ने अवस्थामा कमी आउने गरेको देखिएको छ ।” त्यस्तै ‘‘स्वस्थ्य व्यक्तिले दिनहुँ योगासन अन्तर्गत सूर्यनमस्कार, धनुरासन, गोमुखासन, उष्ट्रासन, भुजड्गासन, सेतुबन्धासन” र पद्मासनमा बसेर ध्यान गर्नु पनि सुझाव दिइएको छ । (कान्तिपुर बुधबार, १७ बैशाख, २०७७)
निश्चय नै, यदि हामीले प्रतिदिन उठेर एक गिलास मनतातो पानी खाएर प्रातःकालमा षट्कर्मादि कृयाबाट शारीरिक शुद्धिकरण गरीसकेपछि अविछिन्नरूपमा ब्रह्ममुहूर्तको स्वक्ष वायुसेवन गर्दै पहिले सूक्ष्मव्यायाम (शिरदेखि पाउसम्मका जोर्नी संचालन)बाट शरीरलाई योगासन गर्न सक्षम गराएर उपर्युक्त आसन, प्राणायामहरूको प्रयोग प्रतिदिन गर्दछौँ भने हाम्रो शरीरमा कुनै पनि रोगलाई प्रतिरोध गर्न सक्ने क्षमताको अचूक शक्तिको वृद्धिहुन सक्दछ । यसको निमित्त प्रतिदिन चौबिस घण्टामध्ये एक घण्टाको समय आफूले आफँैलाई दिनु भने अवश्य पर्दछ ।
किनकि योगासन र प्राणायामले शारीरिक स्वास्थ्य राम्रो गराउँदछ । जठराग्नि प्रज्वलित हुन्छ, जसबाट पाचनक्रिया राम्रो हुन्छ । गहिरो निद्रा लाग्छ । आसन र प्राणायाम पछि ध्यानगर्दा चञ्चले मन पनि शान्त हुन्छ । यत्रतत्र भाँडिएर अनियन्त्रित भएर बग्दैन ।
हाम्रो पिठमा मेरूदण्डको आश्रय लिएर तीनोटा महत्वपूर्ण नाडि(नसा)हरू मूलालाधारबाट उकालो चढेर दुइटा नासिका छिद्रमा आएर अन्तभएको हुन्छ । बीचको एउटा शिरको ब्रह्मरन्ध्रसम्म पुगेको हुन्छ । योगदर्शनमा बायाँ तर्फको नाडिलाई इडा, दायाँकोलाई पिंगला र बीचकोलाई सुसुम्ना भनिएको छ । यिनै तीन नाडिहरूबाट हाँगा फाटेर नसाहरू शरीरमा रहेको अनगिन्ती पसिना आउने छिद्रहरूसम्म पुगेका हुन्छन् । यिनै नाडिहरूको माध्यमबाट प्राणवायु÷अक्सिजनको सहयोगले रक्त संचार भएको हुन्छ ।
यसरी रक्तसंचार गराउन पर्याप्त मात्रामा प्राणवायु÷अक्सिजन अनिवार्य आवश्यकता पर्दछ । ब्रह्माण्डमा रहेको प्राणवायु÷अक्सिजन शरीरभित्र पठाउने माध्यम केवल नासिकाका दुइटा साना छिद्र मात्र हुन् । यही छिद्रको माध्यमबाट स्वास÷प्राणवायु÷अक्सिजन शरीरको प्रत्येक बिन्दुसम्म पु¥याउन सहयोग गर्ने क्रिया नै प्राणायाम हो ।
‘‘प्रकृतिमा रहेको शुद्ध वायुलाई सरस्वतीचालन÷अनुलोम–विलोम, भस्त्रिका, कपालभाति, चन्द्रभेदी, सूर्यभेदी, कुम्भक, खेचरीमुद्रा, भ्रामरीआदि यौगिक क्रियाहरूको सहायताले अनाहत क्षेत्रमा अवस्थित फोक्सोमा रहेको दूषित वायुलाई बाहिर निकालेर त्यस ठाउँमा प्रकृति÷ब्रह्माण्डमा रहने शुद्ध प्राणवायु लगेर तीन करोडभन्दाबढि नाडीहरूको माध्यमबाट शरीरको प्रत्येक भागमा पु¥याउने क्रिया हो— प्राणायाम ।” (पद्मराज काफ्ले, योगदर्शन, पृष्ठ ५६, पैरवी प्रकाशन)
शक्तिशाली अदृश्य कोरानाको भयबाट मानसिक र भावनात्क रूपमा भयभीत भएर शहरी क्षेत्रमा घरको भित्रैबाट ताला लगाएर डरत्रास र भयको वातावरणमा थरथर काँमेर बस्नु परेको छ । यसरी मन, बुद्धि र अन्तःकरणको विकारले, मिर्गी, स्नायु विकार, पागलपन, निराशा, क्रोध, चिन्ता, अनिद्रा, उदासीनता, भ्रम आदि रोग उत्पत्र हन सक्दछन् । यिनीहरूको जरा विस्तारै स्थूल शरीरसम्म पनि पुग्दछन् । यी सवैको निदान विश्वशक्ति÷प्राणवायु हुन सक्दछ । तसर्थ प्राणवायुलाई सुव्यवस्थित गर्नु पदर्छ । यही व्यवस्थित गर्ने क्रिया हो— प्राणायाम ।
कुनै पनि रोग पहिले सूक्ष्म शरीरमा लाग्दछ र विस्तारै स्थूल शरीरमा सर्दै आउँदछ । सूक्ष्म शरीरको रोग मानसिक रोगमा परिणत हुन्छ र जन्म जन्मान्तरसम्म पनि यो पछिलाग्न सक्दछ । यही नै वंंशानुगत रोगको कारण हो । स्थूल शरीरको उपचार आधुनिक चिकित्सा शास्त्रले गर्न धेरै सफल भएको छ । तर, यस्तो सूक्ष्म शरीर र मानसिक रोगको उपचार गर्न यो विज्ञान पूर्ण सफल हुन सकेको छैन ।
तैत्तरीय उपनिषद्मा पञ्चकोश सिद्धान्तको व्याख्या गरिएको छ । शरीरको बनावट, निर्माण र यसलाई शुद्ध हृष्टपुष्ट र बलिष्ठ बनाएर लामो समयसम्म कसरी राख्न सकिन्छ भत्रे सम्बन्धमा वैज्ञानिक र व्यावहारिक रूपले व्याख्या गरिएको छ । शरीरमा जीव÷आत्मालाई समेत लामो समयसम्म रोकेर राख्ने उपाय अर्थात दीर्घजीवी हुने उपाय बताइएको छ । त्यसैले मानव शरीरलाई पाँच भागमा विभक्त गरिएको छ । यसैलाई पञ्चकोश भनिन्छ ।
सुविधाको दृष्टिले यो लेखमा पञ्चकोशको विभित्र भागलाई एकै ठाउँमा मिलाएर एउटा स्थूल र अर्को सूक्ष्म शरीरको नामाकरण गरिएको छ । स्थूल शरीरलाई चर्मचक्षुले देख्न सक्दछ । तर सूक्ष्म शरीरलाई सक्दैन । स्थूल शरीरभन्दा सूक्ष्म शरीर धेरै शक्तिशाली हुन्छ । यसैलाई मनोविज्ञानमा चेतन, अचेतन र अवचेतनको रूपमा लिइएको छ ।
मन, बुद्धि र अन्तःकरणको विकारले, मिर्गी, स्नायु विकार, पागलपन, निराशा, क्रोध, चिन्ता, अनिद्रा, उदासीनता, भ्रम आदि रोग उत्पत्र हुन्छन् । यिनीहरूको जरा विस्तारै स्थूल शरीरसम्म पनि पुग्दछन् । यी सवैको निदान विश्वशक्ति÷प्राणवायु हुन सक्दछ । तसर्थ प्राणवायुलाई सुव्यवस्थित गर्नु पदर्छ । यही व्यवस्थित गर्ने क्रिया हो— प्राणायाम ।
मन शरीरको चैतन्य तत्व हो । विकृत विचारहरूले सर्वप्रथम मनमा प्रभाव पार्दछन् । मनका विभित्र विक्रितिहरू÷मनोदशाहरूले पहिले शरीरमा रोगको लक्षरण उत्पत्र गर्दछन् । यदि छिटो यी मनोदशाहरूको उपचर हुन सकेन भने स्थूल शरीरमा प्रवेश गर्न सक्दछन् । त्यसपछि उपचार गर्न पनि कठिन हुन सक्दछ । यदि यस्तो मनोदशा लामो समयसम्म रह्यो भने माईग्रेन, मधुमेह, अल्सर, रक्तचाप, छालाको रोग, कब्जियत, दम, ¥यूमेटिक्स, अर्थराईटिस् आदि रोगको कारण बन्दछन् ।
मानव शरीरमाथि मनले शासन गरेको हुन्छ । शरीरको समस्त ज्ञान तन्तु मस्तिष्कसित सम्बन्धित हुन्छ । तसर्थ मस्तिष्कमा सकारात्मक सोच ल्याउने उपाय भनेको नियमित प्राणायाम र ध्यानसहितका योगाभ्यास मात्र हुन् । प्राणायाममा प्राणवायुलाई व्यवस्थित रूपमा संचालन गर्नु आजको आवश्यकता हो ।
*वरष्ठि अधिवक्ता पद्मराज काफ्ले , ३३६ घट्टेकुलो, काठमाडौँ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *