• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

झाड-फानुस तल

kbs — Sat, 05/30/2009 - 21:32

  • हास्यव्यङ्ग्य
  • विमल निभा
  • कान्तिपुर

पार्टी उत्कर्षमा पुगिसकेको थियो । सबै इम्पोर्टेड ह्विस्कीको पेगमाथि पेग लगाइरहेका थिए । यो पार्टी केको उपलक्ष्यमा हो, मलाई थाहा थिएन । म त एक मित्रले फोन गरेकोले दगुरेर आएको थिएँ । म जस्तै यहाँ अन्य पत्रकार पनि थिए ।

'हामी सहमतिका लागि तयार छौं ।' सहसा एक नेताले घोषणा गरेको मुद्रामा भन्यो ।

'ठीक भन्नुभयो काँल्दाइ ।' अर्काे एक सानोतिनो नेता लाग्नेले तुरुन्तै सही थाप्यो ।

'के ठीक भन्नुभयो नेताजी ?' केही दिन अघि एक महत्त्वपूर्ण सरकारी आयोगमा नियुक्त भएको समाजसेवक हस्याङ-फस्याङ गर्दै आइपुग्यो ।

'हामी सहमतिका लागि तयार छौं ।' नेताले आफ्नो कुरो दह्रोगरी दोहोर्‍यायो ।

'तर यसको लागि वातावरण पनि त बन्नुपर्‍यो नि !'

यसको प्रत्युत्तरमा अनुहार बिगारेर नेताले यतैतिर गुडाउँदै ल्याइरहेको तरल पदार्थको ट्रलीतर्फ फुर्तीसाथ हात बढायो ।

'हो, वातावरण नै नबनी कुनै पनि सहमति कसरी सम्भव होला र ?' अघिदेखिन उभिएर चाखपूर्वक कुराकानी सुनिरहेको एक चालु पत्रिकाको सुटेडबुटेड सम्पादकले टिप्पणी गर्‍यो ।

'वातावरण बनोस् या नबनोस्, केही फरक पर्दैन, (अलिक अड्केर) जेसुकै भए पनि हामी सहमतिका लागि तयार छौं ।' एक सासमा गिलास खाली गरेर आखिरीतिर नेताले लगभग कराएर भनेकोले पाँचतारे भवनको हल थर्कियो ।

यहाँ नेता, समाजसेवक, सम्पादक, व्यापारी, हाकिम, वकिल, डाक्टर, कूटनीतिज्ञ, बैंकर, लेखक, ठेकेदार, इन्जिनियर, बुद्धिजीवी, मानवअधिकारवादी, खेलाडी, उद्योगपति, प्रोफेसर, अभिनेता आदिको सघन उपस्थिति थियो । केही पर (छिमेकी मुलुक हिन्दुस्तानको प्रसिद्ध मन्दिर बालाजीको चिटिक्क परेको भव्य एवं दामी स्फटिकको अनुकृतिनेर) एक हुल महिला गुरुप्प परेर नानाभाँतीका बात मारिरहेका थिए । सबै सम्पन्न शृङगार र लटरम्म आभूषणमा झकिझकाउ देखिन्थे । त्यसैले सर्वत्र

उज्यालो छरिएको थियो । त्यसमाथि ठूलठूला झाड-फानुसको बत्तीको प्रकाश पनि थपिएको थियो (यहाँ नगरको टोल-टोलमा बलियोसँग जरा गाडेर मोजले आराम गरिरहेको लोडसेडिङको कुनै भय थिएन) । झाड-फानुस तल रङ्गीचङ्गी संसारको एक सम्भ्रान्त टुक्रा जगमग गरिरहेको थियो ।

'यो केको हल्ला हो ?' हीराको हारको चमकसहित एक महिला अनायास झस्किएकी थिई ।

'सहमतिको कुरो हो ।' अर्काे सायद गाढा मेकअपले रातो-रातो गालायुक्त महिलाले तत्कालै भनी ।

'ए, सहमति हो ?'

'सहमति त हुनैपर्छ, होइन र ?'

कानको झुम्कादेखि सैन्डलको रङ्गसम्म पहेँलै एक स्वणर्ाकृतिले दुवै आँखा झिमझिम पारी ।

'सहमति भएको राम्रै हो ।'

'सहमति हुनैपर्छ ।'

'यो सहमति हुन्छ, हुन्छ ।'

'मलाई पनि सहमति होला जस्तो लाग्छ ।'

'........... ।'

'........... ।'

'........... ।'

'के कुरा हो ?' नाक, कान, गला र औंलामा मोतीको सेटले सुसज्जित एक महिला आइपुगी ।

'बुनुदीको के विचार छ नि ?'

बुनुदी अर्थात् भर्खरै यतातिर आइपुगेकी नेतापत्नीले कुरो नबुझेर शिर घुमाएर यताउता हेर्न थाली ।

'हामी सहमतिका लागि तयार छौं भनेर नेताजी भनिरहनुभएको छ ।' रातो-रातो गालाले केही पर उभिएको नेतातर्फ संकेत गरेर मुस्कुराई ।

'उहाँ तयार हुनुहुन्छ भने म पनि तयार छु ।' नेतापत्नीले हडबडाएर भनी ।

'हामी सबै सहमतिकै पक्षमा रहेछौं ।'

'मलाई सहमति मनपर्छ ।' हातको बुट्टेदार कटिङ वाइनको गिलासतर्फ आकषिर्त हुँदै नेतापत्नीले मानौं आफैँसँग भनेकी थिई ।

म टाउको झमझम भएकोले निरुद्देश्य हलमा ओहोर-दोहोर गरिरहेको थिएँ ।

अबेर रातिसम्म तरल पदार्थ र ठोस सहमति समान रूपले गतिमान थियो ।

यस्तै साढे बाह्रतिर एक तलामाथिको डिनररुममा चहलपहल आरम्भ भयो । म भने सुस्वादु स्न्याक्सले टन्न भएकोले र्फकने ध्याउन्नमा थिएँ । नेताको 'आरती भवन'सँगै (पछिल्तिरको गल्लीमा) मेरो डेरा भएकोले पछि-पछि लाग्नुपर्ने बाध्यता थियो । मसँग कुनै बाहन थिएन ।

नेता सदाझैं आफैं ड्राइभ गर्न बस्यो -खुट्टा लरखराएर कुनै फरक परेको थिएन) । सँगैको सिटमा नेतापत्नी बसिसकेकी थिई । म पछिल्तिर अर्धमुदि्रत भएर ढल्किएको थिएँ । मसँगै एक-दुई अरू पनि थिए (को-को थिए, मेरो जान्नसक्ने स्थिति विलकुलै थिएन) । नेताको सेन्ट्रो गाडीले तीव्रगति समातिसकेपछि नेतापत्नीले नेताको काननेर मुख लगेर प्रेमपूर्ण स्वरमा विस्तारै भनी, 'यो सहमति भनेको के हो हजुर ?'

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 135
  • 1623 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Many many congratulations Mam
    1 day 20 hours ago
  • अनावश्यक
    6 days 11 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 3 days ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 5 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    5 weeks 1 day ago
  • केही सच्याइएको छ।
    5 weeks 2 days ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 5 days ago
  • क्रन्धन
    6 weeks 3 days ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 3 days ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    7 weeks 17 hours ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • प्रेम
  • गुडबाई मेरी
  • उस्तैउस्तै
  • धामीका सन्तान
  • जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
  • सिमल चरी अर्थात् गोलसिमल
  • "नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति...!!! "
  • उखाने दाइ (बाल–एकाङ्की)
  • अङ्गुरका पातहरू
  • बिचरी जुन
  • आँफू मात्रै ठूलो हौ भन्छ किन मान्छे
  • मलाइ एक्लै पारी गयौ
  • तिम्रो रुपको अगाडि
  • मानवताको प्रश्न
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • पर्ख ! पर्खिरहे पुग्छ
  • हिजो आज किन मेरो मन उडेको चरी बनी
  • हैसियत (लघुकथा)
  • बिछोडको पीडा नसकी खप्न
  • मेरो देश हो नेपाल
  • बिसौनी वल्तिर
  • वलिदानी वेग
  • हामी र हाम्रो वातावरण
  • घाँसी
  • पुरस्कारको वितरणमा नयाँ जुक्ति
  • शुख
  • गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न
  • झुठो माया लाएर
  • मनको बाँध फुट्नलाई चर्किएछ आज
  • बयान बिस्केट जात्राको
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित