Skip to content

जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो

जाग उठ तिमी लाग देशलाई खाँचो पर्यो
देशभक्त राष्ट्रवादी देशलाई खाँचो पर्यो

चन्द्र सूर्य फर्फराउँनु छ एक भई जुट्दै
सीमानामा झण्डा गाड्न देशलाई खाँचो पर्यो

उठ्नु छ बनेर अग्नी नटेरे भस्म पार्नु छ
ज्वालाझैं बन्दै सीमामा देशलाई खाँचो पर्यो

राष्ट्र हो प्राण हाम्रो राष्ट्रियता को भुल्दछ र
सिमाना मिच्दैछ बैरी देशलाई खाँचो पर्यो

कहिले सुस्ता दुख्यो कालापानी झन दुख्यो
डोब मेटाउने वार्ता देशलाई खाँचो पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *