कोराना जित्दैछन् मान्छे किन किन यो जोश जाँगरै हराछ
कोराना जित्दैछन् मान्छे किन किन यो कहरै बर्सी राछ
कोराना जित्दैछन् मान्छे किन किन यो दुनिँया तर्सी राछ
कोराना जित्दैछन् मान्छे किन किन यो मानिस लगी राछ
निक्कै लाग्दो छ डर नै किन किन यो मानिस बुझ्दै बुझ्दैनन्
निक्कै लाग्दो छ भर नै किन किन यो निको नै हुँदै हुँदैनन्
निक्कै लाग्दो छ त्रास नै किन किन यो निकास देख्दै देखिन्नन्
निक्कै लाग्दो छ कर नै किन किन यो नियम मान्दै मान्दैनन्
साह्रै जाग्दो छ कहर किन किन यो संक्रमण छायो झन
साह्रै जाग्दो खै चेतना किन किन यो समाजमा फैलिएनन्
साह्रै जाग्दो छ समय किन किन यो ओखती नै भेटिएनन्
साह्रै जाग्दो छ विज्ञान किन किन यो भाइरसै हराएनन्
व्यर्थै लाग्दै छ जीवन किन किन यो संसारै बन्दी भाछ
व्यर्थै लाग्दै छ सकाम किन किन यो निर्माता बन्दी भाछ
व्यर्थै लाग्दै छ सम्पति किन किन यो खर्च नै बन्दी भाछ
व्यर्थै लाग्दै छ दुनियाँ किन किन यो मनुज बन्दी भाछ