• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

खाडीदेखिनै पैदल स्वदेश यात्रा !

भगवान घिमिरे — Sun, 05/31/2020 - 07:45

  • मनोविश्लेषणात्मक कथा
  • भगवान घिमिरे

विश्वभरि नै तहसनहस पारेको कोरोनाको महामारीले यहाँ पनि अछुतो राख्ने कुरा भएन। यस्तै त्रास र आतंकका बीच पनि हाम्रो अफिस चलिरहेको थियो। तर अब कम्पनीले भिसा सकिएको मान्छेलाई काम नदिने भनेर मैले पाउनुपर्ने सबै हिसाबकिताब क्लियर गरिसकेको थियो। अब हामि फ्लाईट हुने दिनको प्रतिक्षामा दिनहुँ समाचारमा आज यतिजना संक्रिमित र यति हजार जनाको मृत्यु भयो भन्ने समाचार सुनेर झनै आतंकित हुनु हाम्रो दिनचर्या भएको थियो। कोठाबाट प्रायः बाहिर निस्कदैनथ्यौ कोरोना सर्ने डर जो थियो।यसरि एक एक गर्दै संसार भरि नै कोरोनाको उपचार गर्ने डाक्टर हरु धमाधम मर्न थालेको खबर हरु आउन थाले। अर्को तर्फ़ विदेशमा रहेका हरेक देशका नागरिक हरु कोराना लागेकै अवस्थामा भएपनि मरे पनि आफ्नै देश आफ्नै माटोमा मर्ने भनेर धमाधम प्लेन चार्टर गरेर स्वदेश फर्कन थाले जसको परिणाम स्वरूप प्लेन चलाउने पाइलट र अरु स्टाफ हरु समेत कोरोनाका रोगि भए र धमाधम मर्न थाले। जसले गर्दा संसार भरिका प्लेन हरु चलाउने पाइलट नै भएनन् र सबै प्लेन एयरपोर्टमै ग्राउण्डेड अवस्थामा रहे। एकातिर बिरामीको उपचार गर्ने डाक्टर हरु नै धमाधम मर्न थालेपछि बाँकी रहेका बिरामी हरुको बाँच्ने आशा हराउंदै गएको त थियो नै त्यसै माथि अर्को तर्फ़ विदेशमा रहेका विभिन्न देशका नागरिक हरु पनि प्लेन नै नचल्ने भएपछी अब बाँच्ने र स्वदेश फर्कने आश मार्न थाले र झनै आतंकित बन्न थाले।स्थिति यस्तो हुन लाग्यो कि आफ्नै आँखा अगाडी पनि धमाधम मान्छे मर्न थाले। शरीरमा भएको रोग संग लड्न सक्ने तागत पनि वरिपरि देखिने गरेको भयावह मृत्युले बिस्तारै क्षीण बनाउंदै लगेको थियो । रोगले भन्दा पनि यत्तिकै मरिने डरले मान्छेहरु कमजोर हुँदै गईरहेका थिए। एक किसिमले मान्छेहरु आफ्नो ज्यान बाहेक अरु केहि कुराको पर्वाह गर्न छाडीसकेका थिए। ठिक यहि समस्याले हामीलाई पिरोल्न थाल्यो अनि हामि बाँकी रहेका पाँच जना नेपाली साथीहरु वर्षौं लागेपनि पैदल हिंडेरै देश फर्कने सल्लाह गर्यौं र कुरा पनि मिल्यो। अनि पछाडी बोक्न मिल्ने ठुलो झोलामा आफुले लगाउने र चाहिने कपडा अनि दिनहुँ प्रयोगमा आउने अरु सानातिना समान सहित प्याक गरेर म पनि तैयार भए। कपडा भने मैले कुनैपनि छाडिन चाहे त्यो गर्मीका हुन् या जाडोका। किनकि हामि वर्षौं लागेपनि गन्तव्यमा नपुगिन्जेल हिंडीरहने अठोट गरेका थियौं त्यसैले वर्षभरी कहिले जाडो र कहिले गर्मि सिजन हुन्थ्यो र सबै कपडाको जरुरत पर्थ्यो। साथमा कम्पनि बाट पाएको केहि पैसा, मोबाइल ,पानीको बोतल,एक एक ओटा चम्चा र हलुका खालको प्लेट समेत।

अनि हामि हिंड्न सुरु गर्यौं। गर्मि चढीसकेकोले धेरै हिंड्न सकिने कुरा भएन।सुरु सुरुमा अनकन्टार मरुभूमि र चर्को घाम भएकोले दुइ चार किलोमिटर हिंड्दै आराम गर्दै पानि पिउंदै फेरी हिँडथ्यौं। यसरि नै केहि हप्ता हिंडे पछि भने अलिअलि जंगल,पहाड नदि हरु देखिन थाले र खुशी पनि भयौं। रात पर्दा र भोक लाग्दा बाटोमा देखिने बस्तिहरुमा पसेर खाना खोज्थ्यौं तर त्यहाँ भाषाको समस्या हुन्थ्यो हामि बोल्ने भाषा उनीहरु नबुझ्ने उनीहरु बोलेको हामीले नबुझ्ने। अन्त्यमा इशाराको मदतले हामीहरु टाढा देखि आएको र खानेकुरा केहि नभएको भोकभोकै परेको भनेर बुझाउँथ्यौं अनि बल्ल उनीहरु खुशी हुँदै झर्को नमानी खाना खुवाउँथे। खानाको पैसा तिर्न खोज्दा उनीहरु लिन मान्दैनथे र इशारामै भन्थे अब संसारमा मान्छे सबै यसरि मरेर रित्तिन लागेपछि यो अन्नपात थुपारेर पो के काम खाने मान्छे सबै कोरोनाले सखाप पार्न लागिसक्यो भन्थे। जुन पैसा कमाउन त्यत्रो मरिहत्ते गर्यौं यत्रो हजारौं किलोमिटर टाढा आयौं आज पहिलोचोटी त्यहि पैसाको कुनै महत्व नभएको देख्दा अचम्म लाग्यो। हप्तौं हिंड्दा हिंड्दा बाटोमा यस्तो ठाउँ पनि भेट्यौं करिब करिब पुरै शहर मानव रहित निर्जन स्मशान घाट जस्ता लाग्थे। अग्ला अग्ला महल हरु सबै रित्ता गाउँ बस्ति नै रित्तो। कहीं कहीं यस्तो लाग्थ्यो कि अब यो संसारमा मान्छेको नाममा हामि साथमा हिंडीरहेका पैदलयात्री हरु मात्रै छौं।जंगल हरु भने सुन्दर थिए जंगली जनावर हरु मस्त थिए उनीहरुलाई कुनै पर्वाह थिएन र मान्छेको डर पनि थिएन। बस्ति हरु नै मानव रहित भएपछी जंगली जनावर मानव बस्तिहरुमा निर्बाध घुमिरहेका देखिन्थे बरु हामि ति हिंस्रक जनावर हरुसंग डराइ डराइ बाटो काट्थ्यौ। बाटोमा पर्ने ठाउँहरु कुन देश हो र कुन ठाउँ हो भन्ने केहि थाहा हुँदैनथ्यो र पनि हिंड्ने क्रम जारि राख्थ्यौं। हिंड्दा हिंड्दा यस्तो स्थिति आयो कि कति दिन, रात, हप्ता, महिना बिते पत्तो भएन र कहाँ पुग्यौं भनेर समेत पत्तो हुन छाड्यो। खालि बिहान घाम उदाउँदा ए यतापट्टी पुर्व रहेछ र उता पट्टि पश्चिम रहेछ भन्ने थाहा हुन्थ्यो। तर अब भने हामि यस्तो अन्योल अवस्थामा आयौं कि अब कता जाने,नेपाल कता पर्छ पुर्व कि पश्चिम ? कसैलाई सोधेर पत्तो लाग्ने स्थिति पनि थिएन मोबाइल त महिनौं दिन अगाडी नै ब्याट्री डाउन भैसकेको थियो, हातको घडीले समय त देखाउथ्यो तर त्यो समयको पनि कुनै अर्थ भएन। अब यति बेला जागिर जाने यति बेला यो काम गर्ने यति बेला यहाँ पुग्नु पर्ने भन्ने योजना र दिनचर्या भए पो घडीको काम। हामीले सबैजना सल्लाह गरेर हातमा भएको घडी र मोबाइल समेत बाटोमा फालेर हिड्यौं। जुन समयको पछि लागेर हामि यो अवस्थामा आइपुगेका थियौं आज त्यहि समय हाम्रो लागि फालाफाल भएको थियो गन्तब्य नै हराएको थियो अब पुग्नुपर्ने कतै थिएन केवल खाना र नाना अनि बास बस्ने ओत भए पुग्थ्यो हामीलाई। शायद यतिका दिन सम्म हिंडीरहंदा वर्ष पनि बित्यो होला। हामीले स्वदेश पुग्ने आशा मारिसकेका थियौं त्यसैले बिस्तारै बिस्तारै आफ्नो देश,गाउँ समाज ,परिवार,श्रीमती छोराछोरी सबै बिर्सिसकेका थियौं,एक किसिमले माया मारिसकेका थियौं र केवल माया थियो त आफ्नै ज्यान कसरि बचाउने भन्ने मात्रै । अझ भन्दा खेरी अब हामीलाई ति सबै कुराको मतलब हुनै छाडिसकेको थियो। घडी र मोबाइल पहिल्यै फ्यांकिसकेका हामी सबैले सल्लाह गरेर साथमा भएको पैसा पनि फालिदियौं। अब हामीलाई त्यो पैसाको कुनै काम थिएन न कुनै घर घडेरी किन्न ,न बालबच्चा पढाउन या अरु चिजबिज जोड्न। जब हामि बाँचिन्जेल आफ्नो मुलुक नपुगिने अनुमान लगायौं अनि हामी स्वदेश पुग्नको लागि भन्दै पहिले जसरि मरी मेटेर हिंडेनौं। खाना र बासको समस्या त थिएन बस्ति हरुमा पसेर इशारा गरेर कुरा गरेपछि सबैकुरा मिल्थ्यो। तैपनि आफ्नो देश नपुगे पनि र खास गन्तब्य नभएपनि अब बाँकी जिन्दगि कहाँ बस्ने र कसरि बिताउने भन्ने निर्णय नहोइञ्जेल हामि बिस्तारै हिंडीरहन्थ्यौं। अब भने कता जाने कहाँ पुग्ने केहि ठेगान नभए पछि हामि सबै बसेर एउटा निर्णय गर्ने सल्लाह गर्यौं र हिंड्न बन्द गर्यौं।

स्वदेश पुग्ने वर्षौं देखिको हिंडाई लाइ सदाको लागि बिट मार्दै बसेको हामी पाँच जनाको बैठकले अब यतै कतै राम्रो ठाउँ खोजेर संधैका लागि घरबार जोड्ने निर्णय गर्यो। दिशाहिन गन्तव्यमा भौंतारीरहेका हाम्रो हिंडाई बन्द गरेर यतै सेटल हुने कुराले खुशी भयौं अब हामीलाई कुनै चिन्ता थिएन न घर परिवार,न देश न आफ्नो माटो एक किसिमले हामि सारा संसार बिर्सेर कुनै शहरको गल्लीमा हिंडीरहने पागल जस्तै भैसकेका थियौं मस्तिष्क बाट माया मोह भन्ने कुरा पुरै हराइसकेको थियो। बाटोमा भेटिएका कतिपय बस्ति हरु सुन्य मानवरहित भएपनि हामी नजिकैको बस्तीमा पुगेर उही इशाराकै भरमा हामि बाटो बिराएर अलपत्र परेको र अब आफ्नो देश फर्कन नसक्ने यतै कतै घरजम गरेर बस्ने कुरा गर्यौं। त्यहाँ बस्तीका मान्छेहरुले त्यहि नजिकै बग्ने एउटा नदीको किनारमा रहेको सुन्दर हरियो फाँट देखाउंदै यसैगरी कोरोनाको कारण बाटोमा अलपत्र परेका विभिन्न देशका मान्छे हरुले बसाउँदै गरेको नयाँ बस्ति तर्फ देखाउंदै त्यहाँ गए हाम्रो काम बन्ने कुरा इशाराले व्यक्त गरे।अनि हामि आफ्नै घरको आँगनमा आइपुगे जसरि उफ्रंदै खुशी हुँदै त्यतैतर्फ लाग्यौं। त्यहाँ पुगेर कुरा बुझ्दा ति सबै हामीजस्तै अलपत्र परेर यतै घरजम गर्न लागेका मान्छे हरु रहेछन तिनले अत्यन्तै खुशी साथ् हाम्रो स्वागत गरे। उनीहरु पहाड र नदीको बिचमा रहेको हरियो त्यो बिशाल चौरमा आआफ्ना जग्गाको ब्लक भाग लगाएर छुट्टा छुट्टै ससाना झुप्रा घर निर्माण गर्दै थिए। तिनमा महिला पुरुष सबै बराबरी थिए र उमेरमा पनि सबै हाम्रै जस्तो पैसा कमाउन विदेश बस्ने उमेरका थिए। त्यसमध्ये कतिपयको आफ्नै देश बाट आएदेखिको संधैको नछुटेर रहेको जोडी समेत रहेछ। हाम्रो मनशाय बुझेपछि उनीहरुले त्यहीँ नजिकै हामी पाँचै जनाको लागि भनेर छुट्टा छुट्टै पाँच ओटा ब्लक देखाउंदै त्यहीं आआफ्नो ससानो घर बनाउनु र मिलेर बस्नु भने। हामीले पनि त्यसै गर्ने निर्णय गर्यौं र अब हिंड्ने गन्तब्य टुङ्गिएर स्थाई बसोबास पाउने भएकोले निकै रमायौं। अब त्यो पहाडी भूभाग अनि कलकल बग्ने स्वच्छ र निर्मल पानि बग्ने नदि किनारको स्वर्ग जस्तो सुन्दर चौर हाम्रो बाँकी जिन्दगि काट्ने ठाउँ भयो। त्यहाँ संसार भरिका हामीजस्तै बाटोमा अलपत्र परेका मान्छेहरुले निर्माण गरेको अर्को एउटा बेग्लै सानो संसार थियो जसमा जात भात,धनि गरिब , धर्म, भाषा ,संस्कृति ,रितिरिवाजको कुनै भेदभाव थिएन सबैको समान जात समान हैसियत थियो र पुरानो हामीले देखे भोगेको संसार भन्दा बेग्लै सुन्दर संसार थियो। हामी यति धेरै देशका नागरिक बीच पनि कुनै किसिमको रिस राग,द्वेष इर्श्या बैमनश्यता थिएन। बस्ने झुपडी अलग अलग भएपनि वर्षभरी खाने अन्न र फलफूलको खेतीपाती गर्ने जमिन सामुहिक थियो र त्यस बाट आउने उब्जनीको हिस्सा सबैको बराबर हुन्थ्यो।त्यहाँ खेतीबाली सिंचाइ र पिउनको लागि त्यहि नदीको पानीले प्रसस्त पुग्थ्यो,जिउनको लागी धेरै दुख नगरी सबैकुरा चल्थ्यो।करिब करिब सबैले पुरानो अतित भुलिसकेकोले कसैलाई शहर बजार,घर घडेरी ,अत्याधुनिक सुबिधाको लोभ थिएन। त्यहाँ आउने प्रायः सबैले बाटोमा खण्डहर र मानव रहित ठुला ठुला मृत र सुनसान प्रयोजन विहिन शहर देखेर आएका थियौँ। फरक फरक देशको नागरिक भएकोले सामुहिक खेतिपाति र बेलाबेला फुर्सदमा गरिने आआफ्नो देशको आफुले जानेको नाच गान,रंग रमाइलोले पुरानो अतित सबै भुलाएको थियो। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा त्यहाँ रहेका हामी सयौं जनाको समुहले बसाएको त्यो नयाँ संसारमा पैसा भन्ने चिज नै थिएन अर्थात पैसाको प्रयोग नै हुँदैनथ्यो। जुन पैसाले हामीलाई त्यो अवस्थामा ल्याइपुर्याएको थियो अब हामि आफैँले निर्माण गरेको हाम्रो त्यो नयाँ संसारमा फेरी त्यही पैसाको प्रयोग नगर्ने प्रण गरेका त थियौं नै हामि कसैसंग कुनै देशसंग संबन्धित कागजात या आईडेन्टिटी पनि थिएन, हाम्रो नितान्त प्राकृतिक जीवन थियो।
-भगवान घिमिरे
दोहा कतार बाट

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 52
  • 144 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 3 hours ago
  • सानो आग्रह गरे है सर
    1 day 22 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 7 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    6 days 22 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 1 hour ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 4 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 5 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • चित्तको सङ्कल्प, समर्पण अनि वुद्धत्व
  • प्रर्देशबाट आमालाई चिट्ठी
  • इस् खा आजको राशीफल (लघुकथा)
  • म हिउँ
  • टाढा टाढा जानु छ साथी
  • बाठा मच्छडहरू
  • नया देशभित्र मेरो गाम खोज्नु छ
  • तीन रुवाई (सोच्छौ भने, झुट नसम्झ, खराब हुदैन)
  • म्राङ्माग्या म छामेदा (गजल)
  • विकास बारे
  • ईराकको सुनाऊँ कि अफगानको ब्यथा
  • झगडा
  • YOU
  • आगो पिएर बाँच्ने
  • तिमीले देखाएको बाटो हिडदैछु
  • भन्छे मोरीले
  • स्मृतिको छायाँचित्र
  • गजल
  • अबगाल
  • दुई मुक्तक (हामी कहाँ शौन्दर्यले भरिपूर्ण)
  • नेपाल प्यारो छ यो
  • विद्या
  • भीडमा एक्लो मान्छे
  • लजाउँदिन मन्थली
  • म सोझो
  • वास्तु शास्त्र:
  • संयोग
  • जिन्दगीभर भुल्ने छैन
  • हिजो जस्तै लाग्छ च्याङ्बा
  • आँखै अगाडी विलाएको दशैँ...
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित