Skip to content
VideoCapture_20190713-091220

वर्षा बर्सन्छ झरझर यो मनमा चिसो पस्दछ
डुब्दछ कि यो कर्मथलो रौतहट त्रासै जाग्दछ
डुबेको भोगेको छु दुःख, जलमग्न देखेको छु
कर्मको आशा भत्केको पीडा कष्ट भेटेको छु

न नाघेर जान सकिने न फड्केरै तर्न सकिने
कस्तो भाग्य विचित्र न टारेर पर सार्न सकेने
प्रवाह जलको मन्द मन्द सतह बढ्दै गएपछि
डुब्यो डुब्ने भो बसेथे जन शिरमै हात राखी

असार मास हर्षले किसान खुसी हुने समय हो
डुबानको साह्रो कहरले सातो लान्छ रौतहटको
डुब्छ घर एक तला डुब्छ सारा सामान जे छन्
डुबान भो भाग्य पिडा वर्षपिच्छे वर्षातमा झन

सारा डुब्दछ बोट वृक्ष बुट्यान सरी नै लाग्दछ
सिन्धुझैं जलमग्न देखेर सातोपुत्लो नै भाग्दछ
भन्छन् जन यहाँका वर्षात् नआ निरन्तर नपर
वर्षातले दुःख दिन्छ वर्षैपिच्छे नै पीडा कहर

सुन्दा कथाझैं लाग्थ्यो सुनाउँदा मित्रहरूले अघि
देखें आफ्नै अाँखाले पोहोर असारमा छतमा बसी
आभास सिन्धु मार्गमा पन्डुबिको यात्रा गरेझैं हुने
अनुभव भयो नमेटिने डुबानको सधैंभरि नबिर्सने

Leave a Reply

Your email address will not be published. Required fields are marked *