कोही छैनन् मर्म बुझ्ने कतै कतै आफ्नै भन्ने त कतै
कोही छैनन् कर्म बुझ्ने कतै आज खान भन्ने त यतै
मेरो देशको सद्भाव करुणा सामिप्यता जो थियो
आफ्नै लाग्दैछ प्यारो हिम चुचुरा नभन्नु है बिर्सियो
फक्रदै फुल्छ हराभरा मनमा लालित्यको जिन्दगी
निस्की हिम पहाडबाट सिंचित गर्छिन् सरिता बगी
आएरै यतैछु प्रदेशमा कर्म थलो यहीँ नै बन्यो मेरो
आफ्नै लाग्दैछ प्यारो फाँट हरिया नभन्नु है बिर्सियो
समथल छ मधेश फाँट हरिया पहाडका वनजङ्गल
हिम चुचुरा छन् उत्तरैबाट बग्दछिन् सरिता कलकल
रसिलो त्यो जल सम्झे सम्झन्छु बालपन जो बित्यो
आफ्नै लाग्दैछ प्यारो साह्रै समाज नभन्नु है बिर्सियो
छातीमा मुटुमा कोशिका रगतमा नेपालकै रक्त छ
जिउने आधार खोज्दैछु म नभन्नु प्रवासमै मस्त छ
सपनी वा विपनीमा नेपालकै सम्झेर गाउँ घर बस्यो
आफ्नै लाग्दैछ प्यारो पाखा पखेरा नभन्नु है बिर्सियो