वैशाख लाग्दा रुखैरुखमा
पालुवाको खानी
जेठ हिँड्छ चर्को घाममा
न्यास्रो मानी मानी
पानी पर्दा ओढ्ने छाता
असारमा चाहिन्छ
साउनको सङ्क्रान्तिमा
तिउरी लाउन पाइन्छ
भदौ लाग्दा दिदी बोलाई
तीजमा दर खाउँला
असोजमा दसैँ आउँछ
टीका लाउन जाउँला
कार्तिकले तिहारलाई
डोर्याएर ल्याउँछ
मङ्सिर मैना किसानले
धान काटी भ्याउँछ
स्विटर टोपी खोजी खोजी
लाउनुपर्छ पुसमा
`माघमा झनै ठिहिर्याउँछ´
भन्छिन् बहिनी सुष्मा
फागुनमा जाडो घट्छ
गर्मी सुरु हुन्छ
हुरी चल्ने चैतमा पो
मन मेरो रुन्छ ।
२०७५/१२/०२
सुन्दर कविता
सुन्दर कविता