हाँसौँ कसरी ?
वसन्त याममा नै
डढेलो लाग्दा ।
टुक्रिन्छ मुटु
सन्त्रास कोरोनाको
आँसुको वर्षा ।
भत्किन्छ अहो !
आँखाको डिल
देख्दा सन्नाटा ।
सन्त्रस्त कथा
अलाप्दै छ बाँसुरी
बेसुर धुन ।
विश्वभर नै
स्वाद चाख्दै छ अँझै
पापी कोरोना ।
दङ्कदो आगो
खुट्टा तान्नमै व्यस्त
भुलेर मृत्यु ।
विवश नै छन्
ओढ्न आकाश कति
जाँदैन रात ।
थुक्क म मान्छे
पराजीत पो भएँ
घमण्ड के को ?
युद्ध लडाकु
साम्राज्य जित्छु भन्छ
गर्वका साथ ।
संसारलाई नै
निस्तब्ध पार्न सक्ने
कत्रो साहस ।
– ललिता ‘दोषी’
बुद्धनगर वानेश्वर