Skip to content


तिमी को थियौ र को हुने छौ त, मलाई थाहा छैन
मलाई यति थाहा छ तिम्रो सुनौलो वर्तमान छ

नदी झै निश्चल
हिमाल झै शालिन
अनि अति नै प्रफुल्ल
एउटा सुन्दर उदाहरण हौ तिमी
तिम्रो विश्राम समाजलाई घातक हुन सक्छ …

यो झुट संसारमा …
असत्यका खेती फस्टाएको बेला
विकृतिले आक्रान्त बनाएको बेला
न्याय नै अन्यायमा परेको बेला
साँचो माया को अस्तित्व नै धरापमा परेको बेला
एउटा अभियान्ता बनेर
सामाजमा परिवर्तन ल्याउन तिमी अघि सर्नपर्छ
अरु त अरु न्यायलाई न्याय दिनै पर्छ
अब तिमी ब्युँझिन पर्छ ।

झट्ट खुसी भइहाल्ने … तिमी
अनि फुतै रिसाई पनि हाल्छौ
मनमा पाप नभएको … तिमी
प्रखर पनि छौं …
तिमी त एउटा उदाहरण हौ
आफू आफै सग अब दृढ हुन पर्छ …
अब को दिनहरू एकदमै राम्रा हुने छन्
तिमीले अब विगतलाई बिदाइ भन्नु पर्छ
तिम्रो जिद्दीलाई अब तिमीले समाज रुपान्तरणमा लगाउन पर्छ …
असत्य को खेतीलाई मैझारो गर्न पर्छ
न्यायलाई न्याय दिन पर्छ
चोखो माया को अस्तित्व जोगाउन पर्छ
राष्ट्लाई केही टेवा दिनै पर्छ
प्रफुल्ल हुनै पर्छ
कर्तव्य बोध गर्नु पर्छ …

अब तिमी …
ब्यूँझिन पर्छ
सुनौला दिन तिम्रो प्रतीक्षामा छन्
जुनेली रातहरू तिमीलाई स्वागतमा तत्पर छन्
अब तिमीले सुनौला दिन र जुनेली रातलाई अँगाल्नै पर्छ
तिमी अगी बढ्नुपर्छ …
मुसुक्क हाँस्नु पर्छ …

अब तिमी ब्युँझिन … पर्छ
नयाँ अध्यायको सुरुवात गर्नु पर्छ …

सुन्दर ढुंगेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *