Skip to content

आजकाल कसैको पहिलेझैं


आजकाल कसैको पहिलेझैं, रवाफ रहेन
दिन तिमीलाई अब सवाल, जवाफ रहेन

जीवन तिलाञ्जली दिने होडबाजी चल्दैछ
माफि पनि आफ्नो मान्छेसँग, माफ रहेन

भविष्यमा बदलिने भाग्य होइन, समय हो
अब आशाको किरण देख्ने, ख्वाफ रहेन

मान्छे सम्बन्धको जालोमा, हराउन थाल्छ
बेलाबेला साथीसङ्गी बीच, गफगाफ रहेन

सम्झन चाहनेहरुको जमातमा,भुल्न खोजें
यादले भरिएको क्यानभास, साफ रहेन

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *