Skip to content

हाँस्छ्न सबै मलाई हेरी


हाँस्छ्न सबै मलाई हेरी आफ्नो भन्ने पा’को छैन
सत्ते कसम यो शहरमा बान्च्नै मन ला’को छैन

कसैको नि नजिक छैन आफै देखि टाढा छु म
आफ्नै रक्षा गर्न पनि एक छाक टन्न खा’को छैन

सबै आफ्नो भलो ठान्छन दया गर्ने छैन कोही
गुनासोको गीत मैले रहर पोखी गा’को छैन

शीखर चुम्ने जोश् जागर आफैभित्र हराइसक्यो
शीशिर जस्तै उजाड जीवन वसन्तले छा’को छैन

निर्मला थापा

13 thoughts on “हाँस्छ्न सबै मलाई हेरी”

  1. Wohhhhhhhh kya khoob yaar
    Wohhhhhhhh kya khoob yaar really dherai ramro
    Gajal keep it writing Nirmala ji !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Shalin

  2. खुब मजाले पोख्नु भयो आफ्नो
    खुब मजाले पोख्नु भयो आफ्नो कुराहरु। मन पर्‍यो।

  3. हाँस्छ्न सबै मलाई हेरी आफ्नो
    हाँस्छ्न सबै मलाई हेरी आफ्नो भन्ने पा’को छैन
    सत्ते कसम यो शहरमा बान्च्नै मन ला’को छैन

    साह्रै राम्रो लाग्यो मतला निराशा भरिए पनि ।कुनै कुनै बेला सबैलाई त्यस्तो लाग्छ होला जस्तो ।

  4. शीखर चुम्ने जोश् जागर
    शीखर चुम्ने जोश् जागर आफैभित्र हराइसक्यो
    शीशिर जस्तै उजाड जीवन बसन्तले छा’को छैन

    वाह! क्या गजल छ ———-यो यात्रा कहिल्यै नरोकियोस्-अनुभब

  5. anita g gajal malai man paryo
    anita g gajal malai man paryo ta ni…………………………….

    EKADESKO GAGANRAJ
    gajal shibir,rajdhani

  6. निर्मला
    हाँस्छ्न सबै मलाई हेरी आफ्नो भन्ने
    पा’को छैन
    सत्ते कसम यो शहरमा बान्च्नै मन ला’को छैन
    कसैको नि नजिक छैन आँफै देखि टाढा छु म
    आफ्नै रक्षा गर्न पनि एक छाक टन्न
    खा’को छैन
    सबै आफ्नो भलो ठान्छन दया गर्ने छैन कोही
    गुनासोको गीत मैले रहर पोखी गा’को छैन
    शीखर चुम्ने जोश् जागर आफैभित्र
    हराइसक्यो
    शीशिर जस्तै उजाड जीवन बसन्तले
    छा’को छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *