Skip to content

भन्नलाई गाह्रो हुन्छ

ParbatiRaut


भन्नलाई गाह्रो हुन्छ भावनाका कुरा
यिनै बन्छन् कलेजोलाई टुक्र्याउने छुरा

औशिको सूर्यलाई पनि चन्द्रमाले छेक्छ
बत्ती तलको अँध्यारोलाई कसले पो देख्छ

पूर्णिमाको चन्द्रमालाई पृथ्वीले छेक्छ
छठियार न भै मर्नेको कसले मृत्यु लेख्छ ?

पत्याउनेले गाह्रो मान्छन् सुखिको व्यथा
सुखमा नै लुकेको छ दुखको पनि कथा

सफासुघ्घर चट्ट लगाइ समाजको अघि
बाहिर जति हेर्नुहुन्छ भित्र हुन्न त्यति

पोशाक र लेपनलापन देखाउने दात
भित्र त्यस्तै गन्हाउँछ मानिसको साथ

देखाउन असजिलो मन दुखेको रोग
नदेखाइ बोक्नुपर्छ दुख, पीडा, शोक

– पार्वती राउत
राजविराज–३, सप्तरी
अध्यक्ष, प्रगतिशील लेखक संघ, सप्तरी
उपाध्यक्ष, पञ्चावती सद्भाव समाज
सदस्य, राजविराज उच्च अदालत बार एशोसिएसन, सप्तरी
मोबाइल नम्बर :– ९८४१०१७७०३
रचना :– भनसुनको देश कविता संग्रह (२०६७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *