Skip to content

हीउँ जस्तै पग्लिएर

हीउँ जस्तै पग्लिएर,सागर भेट्ने रहर थियो
काकाकुलको शहरमा,प्यास मेट्ने रहर थियो
नहर बनेर ती फाँटका, गह्रा भिजाउने धोको छ
सुक्खा खेतहरू सारा, जलको मात्र भोको छ
दिई चुनौती खडेरीलाई, धान झुलाउने रहर छ
नेपाली बारी आँगनमा, फूल फूलाउने रहर छ
लोहोटामा भरिएर, जुठो पखाल्ने मन थियो
गफाडीहरुले बोल्ने, झुटो पखाल्ने मन थियो
रहर थियो अँझै पनि, विकृतिलाई बगाउने
पारम्परिक संस्कारद्वारा, ऐजेरुलाई भगाउने
निर्बाध बग्न पाए सबको, संन्ध्या र स्नान हुञ्छ
हर गङ्गे नित्य जप्दा, नदीको कत्रो शान हुञ्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *