Skip to content

नेपाली कविता: बार्दलीमा खुर्सानीको बोट


माटो एकै,
कौशी र बोट पनि एकै
रोप्ने व्यक्ति एकै,
पानी र स्याहार गर्ने पनि एकै,
छिमेकीले दिएको बोट एकै,
खुर्सानीको आकार भएन एकै,
गुण एकै,
स्वाद र पिरो नहुन सक्छ एकै,
मेरो बार्दलीमा खुर्सानीको बोट एकै ।

जिब्रोमा पिरो एकै,
पीडा महशुस गर्ने पनि एकै,
जिब्रोको पिरो भने हुन्न एकै,
यो तीर समान हुन्छ एकै
धेरैलाई पीडित बनाउने एकै
चरित्र एकै,
माध्यम र सोच नहुने रैछ एकै,
जिब्रोको रसायन एकै
तर, जिब्रोको उपयोग नहुन सक्छ एकै ।।

पेशा एकै,
सोच नहुन सक्छ एकै,
समुदाय र क्षेत्र एकै,
धन्दा र आचरण पनि एकै,
तर, अनुशासन भएन एकै,
बार्दलीको त्यो खुर्सानीको बोट एकै,
तर, दुई फलको आकार भएन एकै,
तछाड मछाड एकै–एकै,
दुर्भाग्य हुनसक्छ घटना एकै ।।।

https://madheshinepali.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *