प्यारी मेरी हृदय सरसा प्रेमको ताज लायौ
खैची शोभा प्रकृतिभरको मोहनीमा भुलायौ
छाती भित्रै कुटिल नखरा चक्रचाली जलायौ
उर्जा भर्दै शुरभि चपला सम्झनामा उदायौ। ।
नौलो आभा मधुमयघटा नाचने चाल कस्तो
खुल्दैआयो ढकमक प्रभा चन्द्रको कान्ति जस्तो
माया नै हो प्रकटित खुबी सत्य आनन्द छायौ
प्याला झै जीवनरस नशा सम्झनामा उदायौ
गङ्गा जस्तै जल छलकिने बेग चाञ्चल्यतामा
छल्काभित्रै लुटपुट भएँ दिव्य सुन्दरतामा
मेट्दै तृष्णा तरल वयको व्यग्रतामा रमायौ
भै गो नौलो अनुभव सधैं सम्झनामा उदायौ।
पाएँ मायाँ रहरभरिको जीवनी सौम्पिदिन्छु
तिम्रो यात्रा प्रणयसुखको निम्ति सर्वश्व दिन्छु
चोला मेरो तपित करले बाफ जस्तै उढायौ
नाच्दै मेरा हृदय गतिको सम्झनामा उदायौ। ।
योगी जस्तै चरम सुखको योगनिद्रा जगायौ
फुल्दै मेरा मन मगजमा वासनानन्द ल्यायौ
हेर्दा हेर्दै नभतिर तिमी चाँदनीमा हरायौ
भुल्नै खोज्दा पनि नसकिने सम्झनामा उदायौ। ।
प्रा धर्मराज कोइराला
यति भङ्ग भयो । लामो आकारको
यति भङ्ग भयो । लामो आकारको कवितामा यतिभङ्ग दोष मानिन्छ । तर छोटा कवितामा यसलाई उति ठुलो दोष मानिन्न ।
दिएको प्रतिक्रिया नहेर्नु र
दिएको प्रतिक्रिया नहेर्नु र नसुधार्नु भनेको ता खै के भनौं