Skip to content

आऊ हामी स्वार्थ मिलाऔं


आऊ हामी स्वार्थ मिलाऔं
मेरो एउटा स्वार्थ
तिम्रो अर्को स्वार्थ
एकै भाँडोमा खन्याएर
नापौं, जोखौं र
स्वार्थी दुनियाँमा
यसको मूल्य खोजौं ।

हामी दुवैलाई थाहा छ
जब स्वार्थ मिल्दैन
म मेरो स्वार्थ झिक्छु
तिमी तिम्रो स्वार्थ झिक
सम्बन्धको भाँडो खाली गरौं
र फेरि अर्कै
स्वार्थका सम्बन्धहरू खोज्दै जौं
आखिर जिन्दगीको सार
के नै रहेछ र
स्वार्थ पुरा गर्नुमा त रहेछ ।

– अजित आचार्य
व्यास नगरपालिका – ९, कलेस्ती, तनहुँ
हाल चन्द्रागिरी -५, मातातीर्थ, काठमाडौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *