Skip to content
BhavKesharBaral


विद्यालय जानु छ कसरी पो जाने हो
किताब कापी लानु छ कसरी पो लाने हो
मोटर चढी जाऊँ कि हिँडेर नै जाने हो
फर्किएर घरमा कसो गरी आउने हो ?

साथीभाइ मिलेर रमाउँदै पढेको
सम्झना छ मलाई खेल्दा खेल्दै लडेको
अब फेरि कहिले विद्यालय जाने हो
बाँडीचुँडी सबैले खाजा कैले खाने हो ?

विद्यालय बन्द छन् कसरी पो पढ्ने हो
यसै गरी कसरी हामी अघि बढ्ने हो
मलाई जस्तो हुँदै छ तिमीलाई नि कि त्यही
भन साथी तिमीले सोचेका छौ कि केही ?

पढ्नुपर्छ नानीले भन्नुहुन्छ आमाले
लेख्नुपर्छ बाबुले भन्नुहुन्छ बाबाले
घरै बसी कसरी लेखापढी गर्ने हो
भन साथी कसरी विद्यालय जाने हो ?

२०७७-०५-२९ बालदिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *