Skip to content

नयाँ नेपाल

भतिजा हेर्दा
नतिजा नहेर्ने
पुर्जालाइ हेर्दा
उर्जा नहेर्ने
झुलमान लाई हेर्दा
कुलमान नहेर्ने
हे राम गोपाल
हामिले पाएको नया नेपाल
हत्या र हिंसा थपिएको चाङ
सरकार छ सिथिल खाएर भाङ
फुलमान लाई कुर्सी कुलमानलाई गालि
भ्रष्ट को शासन कहि छैन खाली
देशलाइ केही गर्ने मान्छे जन्मिन्छ
भ्रष्टको मन्डपमा नेता अन्मिन्छ
कसले सिकायो यो तन्त्र मन्त्र
लूटेर खाने यो गणतन्त्र
हे राम गोपाल
भोक भोकै मार्ने नया नेपाल
औंसिलाई फाली पुर्णिमा पायो
कुलमान जो आए उज्यालो आयो
पचेन उसलाइ देश अघि बढेको
बुझ्दैछौ हाम्ले कसको बुइ चढेको
समृद्ध नेपाल धेरै छ टाढा
फोहोरी राजनीति नाङ्गो र छाडा
केही होला देशमा छैन के आस
सत्तरी करोड एक्कै गास
हे श्याम गोपाल
भोक र शोक को नया नेपाल
बलत्कारी यहाँ शानले हिड्छ
ठुलाले शानाको टाउको जो गिड्छ
हरायो बिहानी छर्केर कालो
सालो ले लुट्छ फेरि सम्धिको पालो
फूललाइ फ्याकि रोपिन्छ काडा
ब्वासो को शासन बादर छ्न छाडा
हे राम गोपाल
लुटेर खाने कस्तो नेपाल
देशलाइ बनाउने छैन सोच बिचार
आपसमै लडेर मर्दै छ सरकार
आपत र बिपत जन्तालाइ सास्ती
तेइ मौका छोप्छ्न गर्नलाइ मस्ति
गरिबलाइ लाठी हुनेलाइ रासन
कति दिन टिकलास गरेर भासन
देशलाइ टुक्र्याइ पारेर धुजा
बुद्ध को देशमा मोदिको पुजा
हे राधे गोपाल
बन्दैछ कस्तो नया नेपाल
लडेर हुन्न हामी दाजु भाइ
हासौला सबै उफ्री रमाइ
केही त सोच देशलाइ आज
हटाउ मिलेर धमिलो साझ
नहोस मनमा मलाइ के दर्कार
आभास होस छ देशमा सर्कार
हास्नलाई पाइयोस माटोलाइ चुमी
पबित्र पार बुद्धको भुमि
हे गोपु गोपाल
येस्तो चै बनोस नया नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *