Skip to content

चिमड्या, चिम्वा रे चिम्स्याकी बानिका हम

ShivaRajKalauni-02


चिमड्या, चिम्म्म्वा रे चिम्स्याकी बानिका हम
तीन गैलन छाँचकी खाइबरे चिलिम कि दम
भण्णाकी त भण्णान अच्यालका गिठ्या हम लै के कम ?
उतिमाइका बैक हुन्थ्या लतलतना ठुली धुरी रखच्च्या जम-खम

खिउन्या, तिमुली, बाजुरका रोटा मोडि चपायाका
कोदो, जौ, चिनु, काउनु, गानरो, मुदुराका रोटा दबायाका
मच- मचानी नाडी रे माँछली खणिखाणी खेत बजायाका
ढिकी, ओखल, तम्या तौला नाज लैजाइ घट्ट नचायाका

पिपलका रुख मनि जो लौथ्या बासुलिकी धुन
उन दिन त थोको थोको मौ – जौमा लौनाइथ्या गुन
मोरिङो, भोक्कर, रुन्सिङो दमाउ बेकुल बाजो बज्जोइरन्या
काजबार नन्न, व्रत, ब्या माइ बन्दुक सज्जोइरन्या

स्वानी, पुतारी चारै बज्या न्वाइ ध्वाइ ओखली जातरी चलाइरन्या
झाकरा नफुलायाइ साडिका सप्का, घुम्टिले मुण्टी ढाक्काइरन्या
इजरी कानली गडा भिणा ठाडी धोती लाइबरे
गामन, घागरो, आङणो, चोली, सन्दरास, पोति लाइबरे

पैडा, ढिकुरा, सुता, नथु लाउनाइ जोति खाइबरे
बढ्वा, लोक्ता, मसिपत्ता, अटिन्न्या, भेउल, रिठा तिमुलाकी लोति खाइबरे
कफ्फ्वा, कन्या, गुफो, अगपाडो समाइबरे बरेलिको नून लेककी चोती पाइबरे
४ घण्टी दूध कि बसाइमिञ्जा ठाठाडाइ खाइबरे

पाइक रे पाइकका बज्या भणाइ पाइबरे
खेडी झोडी पतबिँडी खाइबरे लै साथ दिइबरे
घमण्ड बुद्धि रे बलको नाइथ्यो पुर्खाको गात धाइबरे
सौ वर्ष बाँचन्थ्या खोलाको पानी खाइबरे

ऐल फिल्टर बोतल को क्लोरिन वाटर पाएइको छ
इजा बुवा वृद्धाश्रम पुरेएइको छ
फेसबुकबठेइ श्र्द्धाञ्जली दिएइको छ
सज असज मेसेज गरेइको छ

अडम पडमले मलामी गयाइका छन्
सराप खोएयाले रोपाइ आयाइका छन्
ध्याडी दियाले परसाइ धायाइका छन्
मुजुरी पायाले सँग अस्पताल रे भेट्ट गयाइका छन्

टनकपुर को नून फोन गरीबरे घरै पयाइका छन्
भुइसो पाल्लु क्याइ हो डेरि अयाइका छन्
चेलाचेली अद्फाटा लत्तामा नाङ्गा भयाइका छन्
डिजाइन, स्टाइल, फैसनका किरिम लयाइका छन्

घुम्याका, फिर्याका हरघडी चुइगम खयाइका छन्
स्कुल जनाइ छौ भण्णान फिल भयाइका छन्
खेती लाउनु क्याइ हो नौकरी गर्याइका छन्
खण्णु जोत्तु क्याइ हो बोल्लु बोल्याइका छन्

दवाइ के चाइय ? खैनी गुटखा खयाइका छन्
बिमार भया के छ ? अस्पताल गयाइका छन्
नैतिकता क्याइ हो सिक्कु ? मतलबपुर बस्याइका छन्
चिन्तन क्याइ हो गद्दु ? लेडिज काण्डमा रातदिन फस्याइका छन्

नाँउ के चाइय उनलाई ? सराप पयाइका छन्
गाउँ के चाइय उनलाई ? बटा खराप भयाइका छन्
सन्तान के चाइय उनलाई ? आफू खयाइका छन्
गल्तीमा कचोड होइ पुलिस कि डण्डा दिन दिनै सयाइका छन् !

जय हौ तमरी भण्णौ, हुनेइ त केइन हो मुइ सुइना भयाइका छन्
उसै परब्रम्ह कि दिव्य ज्योतिले झल्का लयाइका छन् !

– शिवराज कलौनी
शिक्षा शाखा प्रमुख,
पञ्चेश्वर गापा, बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *