Skip to content

आज नयाँ गीत यौटा गाउन मन लाग्यो


आज नयाँ गीत यौटा गाउन मन लाग्यो
तिमीसँगै प्रीत फेरि लाउन मन लाग्यो

बिहानीले भाका फेर्यो दिन ढल्न थाल्यो
बालसखा ! हाम्रो गीत गाउन मन लाग्यो

जवानीले घुमिराखे यस्तै दिन आइराखे
सम्झनामा उही बहार ल्याउन मन लाग्यो

कस्तो थियो बालापन ? कस्तो बैंश थियो ?
हुने भए घुमाएर फेरि छाउन मन लाग्यो

कल्पनाको दुनियामा तरङ्गिने सपनाहरू
भन्थें मैले सुन्ने तिमी फेरि पाउन मन लाग्यो

बेला बेला मन भुल्छ तिमी छ्यौ कि उनी यहाँ
नभने है बेसरमी याद उही आउन थाल्यो

— अजित आचार्य,
व्यास -९, कलेस्ती, तनहुँ
हाल चन्द्रागिरी -५, मातातीर्थ, काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *