Skip to content

तिमी पाए हुन्थ्यो

झुक्किएर तिम्रा हात छुन पाए हुन्थ्यो 2
मृगनयन तिम्रा आँसु पुछ्न पाए हुन्थ्यो

यो भाग्य को के भर भो र !!!नक्षत्रले फेरिदिने 2
मिल्ने भए यी नक्षत्रलाई फेर्न पाए हुन्थ्यो

कति विधि व्यग्र छु म तिम्लाइ भेट्ने प्रतीक्षाको 2
तिम्लाइ भेटी सारा जीवन बाच्न पाए हुन्थ्यो

कस्तो होला त्यो दिन जब लजाउदै तिम्लाइ भेट्ने 2
तिम्रो रुपमा मात्तिएर लड्न पाए हुन्थ्यो

अन्जान फुल गुथिएर एउटै माला बने पछि 2
अङ्गालोले च्याप्प कसि सेल्फी हान्न पाए हुन्थ्यो

कालो बादल घना जङ्गल आवोस बरु जिन्दगिमा 2
कस्सिएर तिम्रो साथ बस्न पाए हुन्थ्यो

सार्थक हुन्थ्यो जीवन मेरो जिन्दगीभर तिमी हुदा 2
पन्चेबाजा बाजा बजाउदै लान पाए हुन्थ्यो

छैन कुनै चाह अरु मात्र तिमी अन्तिम इच्छा 2
सिउदोमा लाली सिन्दुर हाली लान पाए हुन्थ्यो
झुक्किएर तिम्रा हात चुम्न पाए हुन्थ्यो
जीवन साथी तिमी मेरि भन्न पाए हुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *