Skip to content
JitendraTuladhar-03


सरकारलाई मात्र गन्न आउँछ,
१,२,३,४… गर्दै मरेकाहरूकाे लास !
हाे, सरकारलाई मात्र गन्न आउँछ,
१,२,३,४… गर्दै दशैं भत्ताकाे रास !

सरकार भन्छ,
सडकमा काेही सुत्नु परेकाे छैन,
भाेकभाेकै काेही बस्नु परेकाे छैन,
हाे, सरकार भन्छ, भन्छ र भन्छ मात्रै,
उ आफ्नाे आखाँले संसार देख्दैन,
उ आफ्नाे कानले सत्य वचन सुन्दैन,
र सरकार भन्न बाहेक केही गर्न सक्दैन,
काेही विधुर छ भने हाम्रो देशमा
देखाई देउ धृतराष्ट्र सरकारलाई
भाेकभाेकै सडकमा सुतेकाहरूकाे बाँस
उपचार नपाएर छट्पटिदै मरेकाहरूकाे लास

प्यारालाईसिसले ग्रस्त सरकार
आफै काल पर्खेर बेडमा लम्पसार छ।
र त सरकार बाेल्न बाहेक केही गर्न सक्दैन।
र त सरकार गन्न बाहेक केही गर्न सक्दैन ।
न गर्न सक्छ सरकार काेराेनाकाे उपचार
न गर्न सक्छ सरकार मृतककाे दाहसंस्कार
गर्न सक्छ त केवल सरकार,
१,२,३,४… गर्दै गन्न मरेकाहरूकाे लास
गर्न सक्छ त केवल सरकार,
१,२,३,४… गर्दै गन्न दशैं भत्ताकाे रास

ऐे कार्यकर्ता हाे,
काेही बताई देउ तेराे सरकार
अझै जिउँदै त छ,
वा परेकाे छ बेवारिस उसकाे पनि लास !
नभए भन्दिनु थप्न,
नबिर्सिकन मृत्यु संख्या एक
र गन्दै बस्नु १,२,३,४… गर्दै मरेकाहरूकाे लास !
र गन्दै बस्नु १,२,३,४… गर्दै मरेकाहरूकाे लास !!

सर्वाधिकार
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

2 thoughts on “धृतराष्ट्र सरकार”

    1. कविता पढेर मन पराई दिनु
      कविता पढेर मन पराई दिनु भएकाेमा धेरै धेरै धन्यवाद ????????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *