Skip to content

म केही गर्न सक्ने भए

फुकेर बेलुन जस्तै पृथ्वीको आकार बढाउन सक्ने भए
तिम्रो र मेरो सानो टापु हुनेथियो
जम्बु दिप कुश दिप सबै तेसमै हुने थियो
कन्दराको झरनाबाट झर्ने पानीलाई
अङ्कमाल गरेर म तिम्रै नाम लिइ चिच्याउने थिए
शान्ति …..शा…..न् …….ती…….
मेरा आवाजले गुन्जयमान अनेकौ नागबेलीहरु
रातो टीका र कपालमा रिबन गासेर छ्मछ्म नाच्ने थिए
रङ्गी बिरङ्गी पुतलिहरुले तिमिलाइ जिस्काउदै
हामी हुनुको आभास दिलाउने थिए
फक्रीदै गरेका पुस्पगुच्छाहरु
तिम्रो मुस्कानको व्यग्र प्रतीक्षामा हुने थिए
अनि तिम्रो एक उन्माद हासोमा
प्रत्येक निर्जीव प्राणि पनि खुशीले ताली पिट्ने थिए
तिमिमा समाहित हुन आउने हावाको स्पर्शले
तिम्रा केश राशी चुमेर फर्किदा
भ्रमराहरुको बेलि डान्स साच्चै मनमोहक हुनेथियो
तिम्रो सुन्दरताको बासनले
स्वर्गका अप्सराहरु पनि ईष्र्याले डगमगाउने थिए
तिम्रा आचल समाउदै तिमिलाइ टाढा जान नदिने
हरेक बुट्यानहरुलाई
हावाका झोक्का हरु त भन्दा म के कम भन्दै
पछौरी ओढाउन आइपुग्ने थिए
यसरी चन्द्र सुर्य र सारा ब्रह्माण्ड
तिमी सङग लुकामारी खेल्न उत्ताउला हुने थिए
अनि
अनि त्यो लुकमारीमा

एउटा जीवन खोज्ने थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *