Skip to content

मृत्युलाई जितेको रात

मृत्युलाई जितेको त्यो कालो रात
मेरो भयानक सपना …….

…..यो शब्द को मिठास लाग्ला
तर मेरा लागि यो त आलो घाउ हो
निको हुन लाग्दा फेरि चोकेले घोचेर बल्झिएको जस्तै
चहर्याउथ्यो पोल्थ्यो दुख्थ्यो कटकटी
सजिव हुने मेरा हरेक प्रयास शुन्यतामा विलिन हुन्थे
अनिदोमा छ्ट्पटिएका ती बिकराल रातहरुलाइ
पहरा अध्याराले दिन्थे
मृत्युन्जय मन्त्र दिवारले गर्थे
बस मेरो हाल खबर सोध्न ती आउथे
जस्लाइ म हुनुको कुनै पर्वाह थिएन
म लाचार थिए
भिख माग्थे
दयाको हैन मृत्युको
त्यो पनि आफ्नै सास सङ्ग
निस्केर जा भन्ने अनुमती पटक्कै नसुन्ने
कस्तो अचम्म जस्लाइ म घृणाले पर फाल्न खोज्थे
पानी पट्टि दिदै उसैले मेरो नाडी छाम्दै सोद्थ्यो
कस्तो छ तलाइ ?
फेरि मेरा आँखा र सास एकैपल्ट धमिलिन्थे
प्यासले घाँटी प्याक प्याक हुदा
खाली घैटो मा म पानी खोज्दथे
बिना उद्वित कुनै परिणामको …
कालो घाम र निलो चन्द्रमाको सपना बिपनाले
घरी घरी मुटु काप्थ्यो थर थरी
भुकम्प जस्तै तरङ्गित पार्दै
मृत्युलाई जितेको त्यो काल रात
बिस्तारै खुलेका मेरा आँखा अनि
सल सल सल्बलाएका रक्त धमनीहरु
अध्यारो मधुर प्रकाश मा सुनिएका पद चाप
सपना बिपना वा दृस्ट्रीभ्रम अन्योल छु म अझै
चिमोट्दै आफू हुनुको अनुभुती लिन्छु
उषाले पुस्पगु्च्छा लिएर आउदा
खोलिएका मेरा हात का जन्जिरहरु
अब कुन अध्याय लेख्न उद्वित छ्न
त्यो अन्धकारलाई चिर्ने रोशनि
वा अझै घनिभुत ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *