• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

प्रभु ! मेरो बचपन फर्काइदेऊ

editor — Sat, 11/28/2020 - 20:28

  • गद्य कविता
  • राजेश अधिकारी

लगौंटिया साथीहरुसँग बरालिदै
हातमा गुलेली अनि
कट्टुका इँजारघर भरी
कमेरे मट्याङ्ग्रा बोकेर
उन्मुक्त अल्लारे भै
डाँडा पाखा अनि बन फाँट
चहार्दाका ती स्वप्निल स्मृतिले
चस्काइरहँदा, झस्काइरहँदा
मिठो सपनामा हराउन पुग्छु
बितेका ती मधुपलहरू सम्झदै
कुत्कुती र भावुकता बीच
घरी भक्कानिन थाल्छु
घरी मुस्कुराउन थाल्छु
लुटेरा वर्तमान ! मेरो अतित नखोसिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

स्वर्णिम बालापनका पलहरुमा
खोलाका दहहरुमा निर्वस्त्र पौडेर
स्वर्गानन्दीय शीतलता लुटियो
आमाका सुर्के थैली र सन्दुकबाट
सञ्चित द्रब्य लामोहात गरेर
खोपी र गुच्चामा उडाइयो
खोला र वनबिहारमा बरालिएर
शानले खिर्रोपाते पान चपाउँदै
बडोपनको सुखानुभूति गरियो
नाङ्लाको कुँडुले बाहनलाई
छाताको घुङ्ग्रे करङले ठेलेर
सिँगाने ओठले सीटी फुक्दै
गाडी कुदाइ खेल खेलियो
निश्ठुरी बिपना ! मेरो सपना घुराइदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

झुम्रे गोल, गुच्चा, पाङ्रा
अनि डण्डिबियो खेलाईमा रमेका
मेरा चञ्चले बाल्यकालहरू
अनिच्छामै शान्त बनिदिए
बुबु,लिटो र मामका स्वादहरुमा
भिजेको मेरो लपलपे जिब्रो
नअघाई भोको बनिदियो
अबोध चकचकमा रमाउने
मेरो धुन्धुकारी बालकपन
रहरै नपुगी भद्र भैदियो
हिलोमाटोमा नाङ्गैभुतुङ्गै खेल्ने
मेरो निर्लज्ज बालत्व
परिबन्दको दास भैदियो
तानाशाह समयचक्र ! मेरो अतित फर्काइदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

ढाकाको पेटे भोटोभित्र धड्किने
नटखट बाल धड्कनहरू अनि
कटकटे नाक र लिसे जुल्फी लिएर
फुत्रुङ फुत्रुङ हिड्दै खोपिएका पदचापहरू
समयको तुफानले मेटाइसके
लाड्प्यारको कवच पहिरेर
तोते बोलिले संसार मागेर
पाएको त्यो बरदानी क्षणले
मलाई बिदाइ गरिसक्यो
घुर्क्याईको अचुक अस्त्रले
मागहरुलाई तारो हानेर
लक्षभेदित ती सुखद पलहरू
मेरो हिरासतबाट भागिसके
कठोर बिपना ! मेरो सपना नलुटिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ

भगवानले मसँग भिक्षा मागे
म उनीलाई निसर्त
समय यात्राको भिख दिन्थें
जुन वरदानी दातव्यमा
एउटा बृद्द यात्राी रथ चढेर
बाल्यकालीन संसारमा पुग्न सकोस
त्यो ऐश्वर्य कालखण्डमा
चिन्तारहित खुशीको धुले आँगनमा
लडिबुडी गर्दै खेल्न पुगोस
त्राशरहित बिपनामा पनि
स्वप्निल यथार्थताको खुशीमा रमोस
मात्रृस्तनको अमृत पानसँगै
लोरी सुन्दै निदाउन पाओस
समय साऋणी ! कृपया उल्टो घुमिदेऊ
हे प्रभु ! मेरो बचपन फर्काइदेऊ ।

इति

–राजेश आधिकारी

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 18
  • 82 reads
Tweet facebook

आहा

Hari Thapa — Sun, 11/29/2020 - 08:23

आहा

हरि थापा

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    1 day 6 hours ago
  • आभार
    2 days 1 hour ago
  • बहुत खुब कहिल्छि ।
    5 days 53 min ago
  • आभार प्रकट गरे
    6 days 23 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 19 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 22 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 22 hours ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • मिथिलाक किसान
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कोरोना भाइरस
  • जन्मदिनको शुभकामना
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • जन्मदिनको शुभकामना तिमीलाई
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • गजल ( बिर्सिएको छैन आमा )
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • प्रेम पाप होइन
  • यसै गरी मिलोस तिम्रो माया
  • पुराना कुरा
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • सन्त कवि ज्ञानदिल दास

Last viewed:

  • भुइँमान्छेका छायाँहरू
  • सन्त कवि ज्ञानदिल दास
  • आगो पोल्दैन त्यति (मुक्तक)
  • दिक्क लाग्छ
  • सबैले भन्थे मायालु फूल भई
  • तीन मुक्तक ( मान्छे पिच्छे मृत्‍यु)
  • अपूर्ण माग
  • नाङ्साल क्लब नेपालको साहित्यिक अभियान
  • खुत्रुके
  • तिम्रो आँखा तिम्रो ओठ
  • डलासको उच्च भवन
  • मनले ठिक हुनै दिन्न बेठिकबाट मलाई
  • खहरेको भेल-रहेछ
  • कञ्चन र कल्चुँडी (लघुकथा)
  • दशैं
  • गर्छु माया धेरै धेरै, मर्छु भन्थ्यौ मेरा लागि
  • इजरायलमा "रहर भो जिन्दगी" को रहरै लाग्दो बिमोचन
  • भाग्यरेखा
  • ऋतु
  • जिन्दगी कस्तो
  • सुहाग रात
  • पोहर साल खुशी फाट्दा
  • मौन टेलिफोनमाथि लेखिएको कविता
  • परिवर्तन
  • चिट्ठी - आमालाई
  • पुरा नहुने सपना मैले देखेर के भयो
  • नजिक नआऊ आश लाग्छ
  • लेखाईमा अलिकति दम
  • आज पनि तिम्रो फोटो हेरी रात काटेँ
  • अनि लेख्छु गजल
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित