Skip to content

मलाइ बिथोल्ने सपना

………………………….
सम्बन्ध अनि रहर हरुले
चिच्याउदै एक्कासी हाम फालेछन
त्यो कठोर गङ्गा कति पबित्र
कठैबरा !!!
ममताको आशिर्वादले कति धानोस
मनका बेग अनि आबेग
बस तीनलाई सलाइ मात्र कोर्नु पर्छ
बस कुनै ऋतु पर्खिनु पर्दैन
लौ आज पनि तेइ सपनाले बिथोलेछ क्यार
हजार चोटि बिर्सदा पनि चिर निन्द्रमा
सपना बनी फर्की आउने के त्यो सत्य होला त ?
लोभी मन न हो ? अलिकता आशा लुक्दो रहेछ
प्रश्न अनि उत्तर कता कता भौतारिन्छ्न कुन्नी ?
अन्ततः थकानले नि सुस्केरा हालेर चिच्याउछ्न
भविस्य पनि वर्तमान देखेर हास्दो हो
नत्र हातका रेखा हरु किन मेटिदै जादैछ्न
ठेला उठेका हत्केलामा नभेटिएका रेखाहरु देख्दा
सायद लाग्छ लेखिएको भाग्य पनि मेटिसकेहोला
चाहना र प्राप्तिको लोभमा गरिएका संघर्षहरु
बेमोलमा विलीन हुदैछ्न अनायासै
कुनै कुशुमे रुमालमा साचेर राख्न सकिएन
अन्धाले सपना देख्छ कि नाइ ?
उसको पनि त सुनौलो सपनाको सन्सार होला
चुलबुले मन ले हजार कुरा सोची बस्दो छ
त्यसलाइ लगाम पनि त लगाउन सकिदैन
तेसैले त्यो सपना न आवोस फेरि फेरि
नहासोस भाग्य आफै तिर हेरि हेरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *