Skip to content

मेरो देशमा दीपावली छ


बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

दाजुहरू हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन (२)
भाइ भारतका गान्दी बोलाऊ
र यो देशका बुद्धहरुलाई जगाऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

म मान्दै मान्दिन देशद्रोही दुश्मनहरुलाई म भन्दिन कि (२)
मेरो आगनमा आएर कुकुर काग र गाईहरू भगाऊ
मेरो देशमा दीपावली छ
आऊ तिमी पनि बरु मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

जसरी उसले यो देश र एक अवला नारीलाई लुटेथ्यो (२)
जिन्दगीभर भगवान त्यो अपराधी पनि उसैगरी तड्पाऊ
मेरो देशमा दीपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ

रातभर भेडाहरू गाउँ सहरको देउसी भैलोमा भुल्याएर (२)
चोरस्यालहरू हेरिरहेछन् भडारकोठामा पस्न दाउ
मेरो देशमा दीपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ

अनिकाल लागेर जन्ताहरू भोकभोकै मरिरहेछन्
बालमतलब पैला तिमी टन्न खाऊ र आफू अघाऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
बिन्ती आज यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ

सरकार कर तिर्ने त्यो गरीब गाउँमै कोरोना लागेर मर्छ (२)
तिमी रुघा लाग्दा पनि सिङ्गापुर जाऊ अमेरिका धाऊ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ

यदि समयले नै यस्तो भन्यो भने प्रलयले के गर्छ होला (२)
भूकम्प भ्रष्टाचारी भत्काऊ र बाढी बलत्कारीहरू बगाऊ
मेरो देशमा दीपावली छ

बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *