Skip to content

यी रक्तिम क्रान्तिहरुमा
के हरायो के भेट्टियो अन्योल भै खोजिरहेछु
न बुझे आफू ले न बुझाउनै सक्छु
म कराउदै छु फेरि महेन्द्रको माला बोकेर

सबैका घरमा निराशाका चित्र कोरिदा
काइलादाइको सारङ्गी पनि मौन छ्न
झिसमिसेमा उड्ने परेवाका जोडिहरु
सङ्गिन रोपिदा घाइते भै छ्टपटाइरहेछ्न
चारो न दिनै सक्छु न दिलाउनै सक्छु
म खोज्छु बुद्ध कतै छ्न कि भनेर ?

पलासलाइ मलजल गरि गुलाब बनाउने इच्छाहरु
काकाकुलको अत्यास सङ्गै आकाशमा मडारिदा
घनिभुत कुहिरोले पथ बिर्सिएकाहरुलाई
न पथ देख्छु न देखाउनै सक्छु
म खोज्छु तुलसि मेहर कतै छ्न कि भनेर ?

श्रीजनामा लहरिने चर्म चक्षुहरुलाइ
विशालता र शिथिलताको उपमाले
सगरमाथा र कन्जनजङ्घाको उचाइलाइ
कुन आधारमा नियालु म ?
न चिन्छु न चिनाउनै सक्छु
म खोज्छु देवकोटा र भुपी कतै छ्न कि भनेर ?

अप्राकृतिक अविछिन्न रसस्वादनको क्रीडास्थलमा
अनुनय विनयका उपनिसदहरुले
अहंकार र तिरस्कारको दिपावली मनाउनेहरुलाइ
कुन शब्दले सम्बोधन गरौ म ?
न छ म सङ्ग कुनै शब्द न खोज्नै सक्छु
म खोज्छु सीता र भृकुटी कतै छ्न कि भनेर ?

हे बुद्द्त्वका चिसा सिरेटाहरु
सरर आइ उडाइदे यहाका विसादिहरुलाइ
सदियौ देखि भित्तामा लेपासिएकाहरुलाइ
म त न बडार्नै सक्छु न उडाउनै सक्छु
म निस्के मध्यरातमा तरवार बोकेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *