Skip to content

आमा छउञ्जेल हो


आमा छउञ्जेल हो झुपडी नि संसार लाग्ने
जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने

आशीर्वादसँगै धन्यवाद दिने कोही नभए’ सि
जे नै जितियोस् फिका जित पनि हार लाग्ने

सारा जिम्मेवारी बोक्ने आकाश खसेपछि सोचेँ
रहर मार्दै कसरी होला अब जिन्दगी पार लाग्ने

विपत्तिमा गुमनाम रहन्छ साथ सहयोग पाइदैन
पाएको पुरस्कारमा भने रहेछ सरकार लाग्ने

हेर्नोस् त मैले नचाहेको पाएँ जे चाहेँ गुमाएँ
अचम्म सम्बन्ध पनि भयो दुई किनार लाग्ने

दाङसिङ नुवाकोट हाल पोखरा ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *