मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कस्तो अचम्म !
HomSuvedi — Sun, 12/27/2020 - 13:31
केही वर्षअघि कुनै एक दिनको कुरा हो । बेलुकाबेलुका हुँदै थियो । म घरमा बाहिर खाटमा एउटा कुनै किताब पढेर बसिरहेको थिएँ । यसै बेला एक जना अपरिचित व्यक्ति घरमा आउनु भो र मलाई नै सोध्नुभो—
"होम सुवेदीको घर यही हो ?"
"हजुर हो हो यही हो । भन्नुहोस् । किन होला ?"
"किन नि, अब खाएपछि तिर्न जानेको छैन । हामीले पनि व्यवसाय गर्नुपर्छ । कसरी चलाउनु यसरी चारचार महिनासम्म उधारो खाएको पैसा नतिरेपछि ?"
"मैले बुझिनँ नि कुरा के हो ?"
"किन बुझ्नु पर्यो ? खै तपाईंका बुबालाई बोलाउनु त अनि बुझ्नु हुन्छ ।"
"बुबालाई ?"
"हजुर, बुबालाई बोलाउनु त !" भन्दै एउटा हिसाबको टिपोट गरिएको कपी मलाई देखाउनु भो । कपीमा हेरें, फलफूल, खाद्य, तेल, मसला, लगायतका कुराहरु विभिन्न मितिमा उधारोमा दिएको कुरा टिपिएको रहेछ । हिसाब जोडिएको पनि रहेछ । जम्मा हिसाब बिस हजार भन्दा माथि नै देखियो । अनि मलाई बोध भो, कुन मान्छेले यस मान्छेको दोकानबाट उधारो खाएछ र मेरो नाममा उधारो टिपाएछ ।
यसरी म निष्कर्षमा पुग्दा नपुग्दै उनैले फेरि भने—
"देख्नुभो नि हिसाब ? तपाईंको बुबाले यानी कि होम सुवेदीले खाएको हो यो सब । सायद उहाँले ल्याएको यो यहाँहरुले पनि खाएकै हुनुपर्छ । अब तपाईंले नै खाएको हो भने पनि त भो उहाँकै छोरो भएपछि ।"
"हो हिसाब देखें देखें । त मेरो बुबा ता......."
"खै त बुबालाई यता बोलाउनु त ? कहाँ हुनुहुन्छ ? खाएपछि तिर्न त जान्नु पर्छ नि !! "
"बुबा ता हुनुहुन्न त ।"
"कता जानु भो ?"
'माथि जानु भो ।'
"कता माथि ?"
"उता । भन्दै मैले आकाशतिर देखाएँ ।"
"लौ कहिले बित्नुभो । मरिएछ अब । किन आउन छाडे बुढा भनेको त कुरा यसो पो रहेछ । पन्ध्र दिन अघि पनि उधारो खाएका छन्" भन्दै उनले टाउकोमा हात लगाए ।
"अनि कहिले बितेको ?" सोधे ।
"मैले अलिक कुरा बुझून् भनेर कुरा खोलें मेरो ‘पिताजी ता २०५२ सालमा पो बित्नु भएको पहाडमा छँदैखेरि। बुबाको नाम पद्मप्रसाद हो, होम सुवेदी भनेको म हुँ ।'
"हँ.....अनि मेरोमा उधारो खाने बूढा को हुन् त ?"
"म के जान्नु नि । को हुन् को हुन् ।" मैले भनें ।
"खुइइइइ ! कस्तो अचम्मका मान्छेहरु..... हे भवगान जमाना पनि के आयो नि त" भन्दै उनी छाँगाबाट खसेजस्तै भए । निकै बेर टाउकोमा हात लगाएर घोरिए अनि फेरि लामो खुइका साथ बाटो लागे ।
म भने उनको दोकानबाट उधारो खाएर नतिर्ने मेरै नाम भएको कुनै बुजुर्ग को होला भनेर घोरिन थालेँ ।
- 81 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 17 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 14 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- उच्चकोटीका नेपाली दृश्यचित्र
- भोक र मृत्यु
- संवेदनाको कङ्क्रिटमा उभिएर
- हाइकु
- दसैं र दसैंहरु
- विद्यार्थी हुँ म
- भाग्य हो की कर्म
- किताब (बाल कविता)
- मानव जीवनमा संगीतको महत्व
- ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब
- आमाको सम्झना
- हर्षले मन मेरो झुमेको छ
- तीन मुक्तक (बनाइदियो, न बोल्छ न हेर्छ, कहिलेसम्म)
- अठार अठारकै कारण दुखद अन्त्य भएको हो त यिनको ?
- ईश्वर झै मान्दै हुनुहुन्थ्यो
- अन्तर्राष्ट्रिय कविता दिवस् अर्थात मार्च २१
- छट्टु माकुरो
- संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’
- पावनि जुडशितलक संक्षिप्त परिचय
- सामाजिक कथा "कहाँको बोक्सी हुनु?.!"
- बिछोडको पीडा नसकी खप्न
- आमा आशिक दिन कन्जुस नगर
- सबै मिलीजुली उद्धार गरौँ
- महलकी रानी
- म को हुँ ?
- केही मुक्तकहरु (प्रेमी भएर तिम्रो लागि)
- शान्तिको त्यो हाम्रो सुरिलो भाका
- निस्ठुरी
- के हो यो जीवन ? ?
- सानो मुसा र ढाडे बिरालो
कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
nandalal.acharya — Fri, 01/01/2021 - 08:46कुमार सर,
नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
म २००९ देखि मझेरीसँग साइनो गाँसेको रहेछ । लामो समयसम्म मझेरीको मझेरी छनौट.....सरुभक्त...होम सुवेदी....पेशल आचार्य....रन्जना न्यौपाने...बिजु सुवेदी (विजय) मात्रै रहनुभएको देख्छु । नयाँ राइटरहरु पनि छनोट हऊन् । उनीहरुको योगदान बारे सुसुचित हुन पाइयोस् । मेरो अर्को आग्रह भलाकुसारी स्तम्भलाई अझ बढाउनु पर्यो । थpiनु पर्यो । अरु साहित्यकारहरुलाई प्रश्न सोध्नु पर्यो । मझेरीमा किताव राद्यने व्यवस्था होस् । अहिले यत्ति नै ।
धन्यवाद सर, केही समयमा पुन
ks — Sun, 01/03/2021 - 11:26धन्यवाद सर, केही समयमा पुन प्रयास गर्नेछौं ।
Post new comment