Skip to content

खानका लागि एक गेडो चामल


खानका लागि एक गेडो चामल छ न दाल छ
ऊ गरीब हो जस्को घरमा केवल अनिकाल छ,

बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो
होला सायद छिमेकी जो बहुद पुजीवाल छ

आफ्नै आङ्ग झै भत्केका छन् घरधुरि र वालहरू
कपडा जस्तै गरेर छोप्न मिल्ने न एउटा त्रीपाल छ

ए समानता न्याय र समृद्दीका नारा घङ्काउनेहरू
बुझ् गएर गाउमा दलित पीडित र गरीबको के हाल छ?

तिमीलाई सहर माग्न आउदा कसरी चोर जसरी आऊ
म गरीबदलित हु र हामी बीचमा अग्लो पर्खाल छ

भो तिमी जाऊ बिदेश पढाउ हामी बीच बाटोमै मर्छौ
यो दुर्गम गांंउ नकिकै न स्कुल छ न अस्पताल छ

खानका लागि न एक गेडो चामल छ न दाल छ,
ऊ गरीब हो हजुर जस्को घरमा केवल अनिकाल छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *