Skip to content

नेता र जनता

नेता निर्वस्त्र भाषण गरिरहेछ
जनता दर्शक बनेर ताली पिटिरहेछन्
उ भन्दैछ…
भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।
देश र जनता सिरमा राखेर काम गर्ने छु।
बिकास र समृद्धि को नौलो आयाम ल्याउने छु।
समाज काे रूपान्तरण गर्नेछु।
ईज्जत र ईमान मा कालो दाग लाग्न दिन्न।
नीति र थिती को सँधै पालन गर्ने छु।
अनुशासन र कर्तव्य बाट च्युत कहिले हुनेछैन।

कार्याकर्ता ताली पिटिरहेछन
फाईदाको हिसाब बुजेर
जनता ताली पिटिरहेछन
भोलि को झिनो आशा बोकेर।

यो नाङ्गो नाचको श्रृंखला
जब सत्ताको कुर्सि पुग्छ नेता तब
जनतालाई उसले चिन्न छोड्छ
कार्याकर्ता ,ठेकेदार लाई काखी चेप्छ
देश र जनता माथि मजाक गर्छ
नियम संविधानमाथी मजाक गर्छ
भ्रष्टाचारी लाई संरक्षण गर्छ
किसान ,मजदुर ,श्रमिक को आँसु को आपेक्षा गर्छ।
सबै खोक्रा आश्वासन बिर्सिदिन्छ
म मात्र जान्दछ हामी जान्दैन ।
उस्ले जे जे भन्छ जे जे गर्छ
हामी ताली पिटेर हाँसी दिन्छौं ।
हामी लाई हाँस्ने कुरा के हो
रुने कुरा के हो भन्ने पनि था छैन ।
उ रोईरहेका मान्छे हरु प्रती मजाक गर्छ
हामी हाँसी दिन्छौं।
हाम्रो नियती ठगिनु लुटिनु हैन
तर पनि हामी रहर गर्छौ लुटिन।
उ नाङ्गो उभिएर ल हेर भन्छ
हामी लिंङ्ग पुजा गर्छौ
अनि चिन्ता लिन्छौं देश बनेन भनेर।
नेता समाजको ऐना हो
हाम्रो ऐना ।
ऎना फोहोर देखेर हामी ङिच्च हाँस्छौं।
तपाईंहरु/ म हरुले आफ्नो मुख नधोएसम्म
ऎना ले यस्तै यस्तै आकृती देखाईरहने छ ।
अनि हामी रोईरहन्छौं अनि हाँसीरहन्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *