• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

लीलाध्वज थापाः एक शब्दचित्र

HomSuvedi — Thu, 01/07/2021 - 14:15

  • संस्मरण
  • होम सुवेदी

२०३१ सालको कुरा । थिएँ म मदनपुरस्कार पुस्तकालय, जगदम्बा टाइप फाउन्ड्री र मदनपुरस्कार गुठीको सेरोफेरोमा ।

जगदम्बा प्रेसमा काम गर्नु पर्ने । प्रूप पढ्थेँ । दिउसो एक बजे ठिक्क चिया खाने छुट्टी हुन्थ्यो । त्यही बेला पारेर लीलाध्वज थापा आउनु हुन्थ्यो । उहाँ जगेडाको कर्मचारी । के कारणले जगेडामा पर्नु भो भन्नु हुन्नथ्यो । हरिहरभवनमा हाजिर गरेर नित्य आउनु हुन्थ्यो चिया खाने बेला पारेर । मेरै टेबुलको अर्को कुर्सीमा बस्नु हुन्थ्यो । हाम्रा कुरा चल्थे ।

उहाँले भर्खर मोटर साइकल किन्नुभएको थियो । २७७२ नम्बर थियो । सायद बा अ नै हैला । साथै द्वितीय पत्नीका साथ विवाह गर्नुभएको थियो । पहिली पत्नीका साथको कुरा के थियो भन्नु हुन्नथ्यो । चासो पनि भएन ।

नयाँ पत्नी सारै धार्मिक हुनुहुन्छ भम्ने उहाँको भनाइ थियो । होला । हामीले देखेनौँ । घरको कुरा पर्यो ।

गफ चल्थे हामीबीच । म, कपिल घिमिरे, माधव - तीन जना अविवाहित केटाहरू हुन्थ्यौँ श्रोता । कुराहरू उहाँका बढी शृङ्गारिक नै हुने । उहाँका कुरामा कहिलेकाहीँ अलिक श्लीलताको पर्दा च्यातिन्थ्यो र नाघ्थ्यो पनि । धरहराको बारेमा । सिँहदरबारका बारेमा । चन्द्रसमसेरका बारेमा । केकेकेकेका बारेमा अनि आफ्नै बारेमा ।

एक दिन उहाँकी पत्नीको धार्मिक कुरा आयो ।

बिहान नित्य चण्डी पाठ गर्नु हुन्थ्यो अरे उहाँकी नवपत्नी । चण्डीमा कवच स्तोत्र छ सुरुमा । त्यो उहाँलाई कण्ठै थियो अरे । पढ्दा बडो उच्च स्वरमा पढ्ने भक्तिभावले पढ्ने र शुद्ध पनि उच्चारण गर्ने कुरा पनि गर्नु हुन्थ्यो ।

कवच स्तोत्रमा
कपोलौ कालिका रक्षेद् कर्णमूले तु शाङ्करी
नासिकायां सुगन्धा च उत्तरोष्ठे चचर्चिका ।
अधरे चामृता कला......

यसरी पाठ गर्दै जाँदा उहाँ जब यो ठाउँमा पुग्नु हुन्थ्यो अनि कसैले नसुन्ने गरी पढ्नु हुन्थ्यो अरे । यता उता हेर्नु हुन्थ्यो अरे र अघिसम्म ठुलो आवाजमा पाठ गरिरहेकोमा यो "नासिकायां सुगन्धा च उत्तरोष्ठे चचर्चिका" चाहिँ बिस्तारै कसैले नसुन्ने गरी बोल्नु हुन्थ्यो अरे । होला अब उहाँको कुरा पर्यो ।

यति भएपछि हामी खलललल हाँस्थ्यौँ उहाँ आनन्दित हुनु हुन्थ्यो र अर्को यस्तै शृङ्गारिक कथा जोड्न थाल्नुहुन्थ्यो ।

उहाँका काला जुत्ता टलक्क हुन्थे सधैँ । जुत्तामा धुलो लाग्यो भने गोजीवाट रुमाल झिकेर पुछ्ने । दौरा सुरुवालमाथिको त्यो कालो कोट, कोटको माथिल्लो भागमा निकालेको रुमालको चोसो र यदाकदा कोटको देब्रेतिर जडिने सानो कुनै जातको फूल अहिले पनि म झलझली सम्झिरहेको छु । उहाँका भन्नु नहुने शृङ्गारिक गफ त कति कति ।

यहाँ भन्न सकिनेलाई मात्र पेस गरेँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 23
  • 38 reads
Tweet facebook

आउने दिनमा अझै सुन्न पाइयोस सर

Hari Thapa — Mon, 01/11/2021 - 12:39

किशोरावस्था का कुराहरु संघर्स हरु निक्कै रमाइला चाखलाग्दा देखि कति जीवन उपयोगी पनि हुन्छ्न ।तेसैले यतिले मात्रै पुगेन सर सुनाउन मिल्ने जति श्रीङ्गारिक गफ हरु अझै आउने दिनमा सुनाउनु भए हामी आभारी हुने थियौ।

हरि थापा

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    2 days 18 hours ago
  • आभार प्रकट गरे
    4 days 17 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    4 days 19 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 days 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    5 days 15 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    5 days 15 hours ago
  • एकदम सान्दर्भिक
    5 days 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    5 days 22 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 3 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • तिम्रो मेरो सम्बन्ध
  • तीन मुक्तक (देश भक्ति)
  • जद्याह र tea man ......... by..देव
  • वर्षात र डुबान
  • लाहुरेसँगको पिरती
  • मैले हेरेकै हुँ
  • रुपबजारकी नोरा
  • बोलायौ तिमीले अनि भेट्न आए
  • मन्त्रिनीलाई मन्त्रीको मन्त्र
  • तिम्लाई छुने रहरहरू
  • विरहमा मन मुटु जलेको छ आज
  • गाउँ-गाउँ बाटो बत्ती
  • असल मान्छे
  • होली विशेष (संस्कृति र परम्परा)
  • नि:शब्द मन (केही हाइकु)
  • आदिम मान्छे
  • किन आउँछ याद तिम्रो सधैं सधैं साँझमा
  • पाँच मुक्तक
  • ऊ निर्दोष छैन
  • जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
  • एक पल पनि रमाइलो
  • मान्छे र गोमन - २
  • मर्ने कसैलाई रहर हुँदैन
  • जन्मदिनको शुभकामना छोरी
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • के भो र अचेल
  • जताततै जो पनि भगवानै भगवान
  • बाँदरजस्तो नबन्नू
  • तर्सिएको मान्छे
  • युगीन साहित्य समाज, रुपन्देहीको मुखपत्र ‘युगीन’भित्र घोत्लिंदा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित