मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेल बेमेल
editor — Sun, 01/10/2021 - 08:59
सफा आकाशमा
परेवा उडाएर
शान्ति ल्याउन खोज्ने
दुष्ट हातहरुले
फोहोर धर्तीमा
कुमारी शान्तिलाई
बलत्कार गरेर
अमन चयनको
वकालती गर्छन्
उडिरहेको शान्तिदूत परेवाले
धर्तीतिर हेर्दै गिज्याउँछ
शान्ति बोलाउने महमानवको
मुहार हेर्दै मुस्कुराउँछ
बगलीमा छुरा बोकेर
राम राम भन्ने मुखको
शान्तिवाणी सुनेर लजाउँछ
विडम्बना! यही लबस्तरो
पुरस्कृत र विभूषित हुन्छ
अबोधहरुको वस्तीमा
सज्जनको भेस लगाएर
सुनीति सिकाउने
बहुरूपी महात्माहरू
रातको अँध्यारोमा
भट्टीभित्र पसेर
आचारलाई कुल्चदै
ब्याभिचारलाई सुम्सुमाउँदै
नैतिकताको रत्यौली खेल्छन्
कृतघ्नताको सागरमा
गोताखोरी गरेर
आफू मात्रै रमाउने
स्वार्थी सन्तानहरू
आमाबाबुका बुढ्यौलीलाई
बेवास्ता र दुत्कार गर्दै
नीतिको नरसिंहा फुक्छन्
स्वार्थको शराव पिउँदै
मस्तीमै डुब्छन्
ब्रह्मलूटको स्वादमा
पल्किएका भतुवाहरू
भेटेजती हसुर्छन्
सत्तामोहको नशामा
डुबेका पाखन्डीहरू
पाएजती तुर्याउँछन्
समृद्धिका खोकाईले
नथाक्ने लबस्तराहरू
सम्मानित हुन्छन्
महानगरको पटाङ्गिनीमा
नअटाएका भुइँमान्छेहरू
बेवास्ताले थिचिएर
दबिइरहन्छन्, निससिरहन्छन्
नगरका सञ्चालकहरू
सन्तति पोस्न ब्यस्त छन्
भाषण बक्न पोख्त छन्
यस्तै छ राजधानीको कथा
सौतेला नगरवासीका व्यथा
उभिन्डो जन्मिएको शैलीले
ओतप्रोत मेरो देशमा
राष्ट्र चलाउने सारथीहरू
सदनका कुर्सी भाँच्छन्
कलाकार धुर्मुससुन्तली
रङ्गशाला बनाउँछन्
लाचार आराध्य पशुपतिनाथ
मन्दिरमा गजधुम्म परेर
टुलुटुलु मात्र हेर्छन्
असत्य गाइन्छ
सत्य लुकाइन्छ
अत्याचार मौलाउँछ
सदाचार झोक्राउँछ
चोर सम्मनित हुन्छ
साधुलाई शुली चढाइन्छ
यो मेल बेमेलको धरातलमा
असलको खुट्टा काटिन्छ
खरावलाई पखेटा लगाइन्छ ।
इति
- 35 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 16 hours ago - आभार प्रकट गरे
4 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 14 hours ago - एकदम सान्दर्भिक
5 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- लडाउनेका दिन छन्
- तरबार बलियो हुदैन नि
- भन्यो मनले
- गाउँको ल्होछार
- घमण्डी मान्छे
- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
- करुणा झाको 'शङ्खघोष' बिमोचित
- टाढा टाढा जानु छ साथी
- प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न
- कवि कोकिल विद्यापतिके संक्षिप्त परिचय
- महामारी ज्वरो
- उलिनकाठैमा
- शहीदहरुको सम्झनामा
- विश्वास गरें असीमित बदलामा घात दियौ
- तीन मुक्तक (आमा र नेताहरू)
- चिसो चिसो हावामा
- कसैले बुझेन मेरो मनको बहलाई
- डायमनशमशेरसँगका आठ वर्ष
- दुई मुक्तक
- जीवन व्यर्थै झरेर गयो
- कवितामा जेष्ठ नागरिक
- तिम्रो आगमन
- तीन मुक्तक (हिड्नु हुदैन कहिल्यै)
- अभाव त्यो
- बनारस
- फूलको हासो तिमी राख्नु
- माया चिज पनि अनौठो को रहेछ
- निस्वार्थ प्रेमी बनेर
- फुल्न सकिन
- मरूभूमिको देशबाट
सधा झै उत्कृष्ट रचना
Hari Thapa — Sun, 01/10/2021 - 19:14सदाचार झोक्राउँछ
चोर सम्मनित हुन्छ
साधुलाई शुली चढाइन्छ
यो मेल बेमेलको धरातलमा
असलको खुट्टा काटिन्छ
खरावलाई पखेटा लगाइन्छ
हरि थापा
Post new comment