शंका भो सरकार छौ अब कहाँ ? बाटो कता टुङ्गियो ?
नक्सा पास भयो र देश बलियो पार्ने कुरै बाँङ्गियो ।।
दोषी को, प्रतिपक्ष हुन् कि ? फितलो सत्ता तिमीनै डर्यौ ?
धम्कीले अरुको हट्यौ कि किन हो ? आफैँ बिरामी भयौ ? (१)
छोटो सोच लिएर के अब यसै लत्रेर बस्छौ तिमी ?
वार्ताले नभए छ कानुन बुझी हाम्रो फिराऊ जिमी ।।
नङ्ग्रा गाडिसक्यो निल्यो मुलुक यो चोक्टा लुछ्यो दुष्टले ।
तिम्रो हालत के भयो र यसरी मौनी बस्यौ ढुक्कले ।।(२)
भन्दैछन् जनता हुदैन यसरी हामी सबै साथछौँ ।
आफ्नो देश बचाउने प्रणगरी सीमा सुरक्षा गरौँ ।।
हेप्छन् दुष्मनले सहेर नबसौँ निर्धक्क भै बाँच्नुछ ।
हुङ्कारीकन गर्जिएर त्यसको सातो उडाऊँ अब ।।(३)
कुर्लेका कसरी थियौ अघि तिमी ? सारा उचाल्दै जन ।
ऐले खै कसरी गर्यौ भन यसो ? बाटो बिरायौ कि त ? ।।
तिम्रा मालिक हुन् ? जदौ गर अझै; ती दुष्टका पाउमा ।
वैरी हुन् अघिदेखिनै अभरमा धोका दिदैछन् यहाँ ।।(४)
धाएका पहिले थियौ कि किन हो ? त्यो लैनचौरी तिर ।
खाएको नुनले गलाउँछ सधैँ; गल्ने भयौ आखिर ।।
मर्नै पर्छ भने सगर्व मर यो नेपालकै खातिर ।
तिम्रो आँटभए छ है, जसलिने ! मौका यही हो गर ।।(५)
छन्द:-शार्दुलबिक्रीडित