Skip to content

“थाहा हुन्छ”
ई.दिपेन्द्र सुवाल (निराशी)
गरिबलाई सोध तिमी जिवनमा यहाँ
धनको कति महोत्सव छ भनी थाहा हुन्छ ।
चोत खानु कतिको पीडा हुन्छ यहाँ
एक पागल प्रेमीलाई सोध थाहा हुन्छ ।

जीवन जिउन कति कठिन छ यहाँ
एक दृष्टिविहिनलाई सोध थाहा हुन्छ ।
तिरश्कार सहनु कति गार्‍रो छ यहाँ
मन्दिरमा गको दलितलाई सोध थाहा हुन्छ ।

विना पानी तड्पिनु कस्तो हुन्छ यहाँ
एक तड्पिएको माछालाई सोध थाहा हुन्छ ।
आमा विनाको जीवन कति कठिन हुन्छ यहाँ
एक तुहुरालाई सोध तिमी थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *