Skip to content

बाह्र हाइकु (कस्तो जमाना)

DependraSuwal


एक
कस्तो जमाना
फोहोर खेल चल्यो
राजनीतिमा ।

दुई
जीवन हाम्रो
आज छ भोलि छैन
कर्कलो पानी ।

तीन
दु:ख र सुख
सबैको भाग्यमा छ
घाम छाया झै ।

चार
इञ्जिनिएर
बेरोजगारी व्यथा
कथा लेखन ।

पाँच
कापेको मुटु
कोरनाको त्रासले
दु:खको भेल ।


मेरो जीवन
अनि अधेरो रात
उस्ता उस्तै भो ।

सात
आयो चुनाव
नेतालाई छ मोज
पालो फेर्दैमा ।

आठ
असल मित्र
हुन्न रे आजकाल
कस्तो जमाना ।

नौ
जन्मिने मर्ने
प्रकृतिको नियम
जीवन चक्र ।

दश
मायाको याद
सधैभरि आउँछ
हासु कि रुउ ।

एघार
हरे !!जमाना
घृणाको खेलै खेल
चारै तिरमा ।

बाह्र
वनकि चरी
उदेर गई अन्तै
खुशी बोकेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *