Skip to content


विनाशको कारक बन्दछ त्यो चैतको हुरी
फक्रनै नदिई झार्दछ वृक्षका कोपिला चुँडी
सपना त्यो किसानको फल खाने जो हुन्छ
टुक्राटुक्रा बनाउँछ लागेर त्यो हुर्हुरी
दीपको आलोकको मारक बन्दछ त्यो हुरी
सक्दैन देख्न जगमग अनि पार्दछ अँध्यारो वरिपरि
जुन दीपको सहारामा पाइला चाल्दछौँ हामी
निभाइ त्यो हामीलाई छोड्छ अलमल्लमा पारी ।
शिखरमा टेक्न खोज्ने यात्रीको बाधक बन्दछ त्यो हुरी
जति चढ्न खोज्छ यात्री त्यति झार्न खोज्छ त्यो बल गरी
रोकिएर यात्री जब हार खाइ हेर्दछ तल
ठान्दछ जित र यात्रीलाई जिस्क्याउँछ त्यो घरिघरि
उडाएर आगो बस्ती जलाउँछ त्यो चैतको हुरी
रुवाएर सारा मन हाँस्दछ त्यो मरिमरि
गराएर खैलाबैला दिई रूप चित्कारको
निमुखाको अश्रु पिइ बाँच्दछ त्यो यसैगरी ।

-मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *