Skip to content

महलकी रानी


महलकी रानी तिमी झुपडीमा अट्ने थिनौ
देखावटी दुई दिन माया जुनी कट्ने थिनौ

सुन जोख्ने तराजुमा जब माया जोख्यौ
प्रीत फुल्ने फुलबारीमा जब घृणा रोप्यौ

जिन्दगीको बिसौनीमा जब भेट्न छाड्यौ
मीठो मीठो सपनीमा जब छल्न थाल्यौ

विश्वास बढ्नुपर्ने ठाउँमा जब शंका बढ्छ
खरानी भई साँचो माया लंकासरी जल्छ,

प्रेमको हत्या किन हुन्न भन मायालु
बिरहको गीत किन नगाऊँ मायालु ?

राम योञ्जन
पोखरे, भोजपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *