Skip to content

प्रेमवाद अविश्वास र अस्तित्व


सुन्दर युवती राधाको चाह थियो
कि जीवनमा एउटा इमान्दार
केटासँग प्रेमविवाह गरेर।
परिवार बसाउने ।

असङ्गख्य पुरुषहरू आए
नारीवादी कुराहरू सुनाए
अनि उनलाई फकाए फुल्याए
र बिस्तारै उनलाई आफ्नो
मायाजालमा फँसाए ।

हजार मान्छेहरुको भीडमा
सबैभन्दा सुन्दर
गोपाललाई उन्ले रोजिन
किनकि, उस्को विचार र रुपसँग
उनी अत्यधिक मोहित थिन ।

उसले अति लामो समय अन्तरालसम्म
यौवनको फाइदाहरू उठाइरह्यो
जब उन्ले विवाहको प्रस्ताव राखिन
तब ऊ भागेर उनीदेखि टाढा गयो
र फर्खिएर उनको नजिन
कहिले पनि आएन।

अनि फेरि उनी
गोविन्दसँग प्रेमसमन्धमा बाधिन
तर, त्यस्ले पनि त्यसै गर्यो
जस्तो गोपालले गरेको थियो ।

क्रमश मोहन, घनश्यामसङ्गको
रिलेशनसिप पनि त्यस्तै भयो ।

यो संसारको नियम हो
कि मान्छे भैसकेपछि
एकदिन त कोही न कोहीसँग त
जिन्दगी कटाउनै पर्छ
एकसाथ एउटा घर बसाउनै पर्छ
नौजवान युवक होस या
कुनै कन्या !
जो कोहीको रहर हुदो हो
कि मेरो पनि एउटा घर होस।

अन्तत अन्तिम पटक
उनको जीवनमा कृष्ण नामको
केटाको आगमन भयो
तर अफसोच,
उसले पनि त्यसैगरी मजा लिरह्यो ।

म आकाशको जूनताराहरू टिपेर
तिम्रा दुवै हत्केलाहरुमा राख्दिन्छु भन्थ्यो
न त, कहिले पनि त्यो ल्याएर नै दियो
न त, कहिले पनि गगन हराएर जमिन फर्कियो
जुन बखत पृथ्वीमा एकदम अन्धकार थियो ।

उनी हिउँ जस्तै नरम थिन
यसैले, उनी गरम गरम मौसमहरुमा पग्लिन
र नजानिदो तरिकाले,
कयौ केटाहरुबाट बलात्कृत हुन पुगिन ।

उनी सबैको सार्बजिक सम्पत्ती बनिन
हो अवसरहरू बोकेर आएका
उनीहरुले एकसाथ
उनलाई वेश्या बनाएर गए ।
र चरम उत्कर्षमा पुगेर
उनीहरू सबै जना सन्त्रीप्त भए
सायद, भावनाहरुमा पग्लिएर
उनी कठोर ढुङ्गाहरुले बोल्ने बचनहरुमा बिकिन ।

रक्सी पिएर
अनि हर्दम भावुक भाषणहरुमा उत्रिएर
उनीहरुले उनैलाई आफ्नो सितन बनाएर गए ।

प्रेमका बलगमहरू चुसेर
उनलाई जमिनमा फ्याँकिदिए
अनि आफू स्वय म बिलिन भए ।
किनकि, उनीहरू किराहरू थिए
यसैले अनुराग पिएर
अनि आफ्नो ओठका अनन्त प्यासहरू बुझाएर
आकाश हराएर गए ।

आफ्नै पति सम्झिएर
सहमतिमा आफ्ना दुवै हात
र औलाहरुको भोट दिएर
सुहागरात मनाएर
प्रतिकुल मौसमहरुमा
उनीहरुलाई माथि उठाएका
ती फुलहरू
त्यही गार्डेनको सबैभन्दा मुनि उभिएर
रोइरहेका थिए ।

परिवार बसाएर जिन्दगी बिताउने उनको
सपना पनि बेकार भएर गयो
नत उनको मनमा अब अलिकति
आशा भरोसा र विश्वास नै बाँकी रह्यो

हजार अनुहारहरू लिएर
भगवानको अबतारमा खुद
उनीहरू आए अनि उनैलाई
आफ्नो सिकार बनाएर खाए

नत घर नै बन्यो
नत मन्दिर नै
मन्दिरको बद्लामा
उनीहरुले वेश्यालय बनाए ।

कयौं कृष्णहरू आए पनि
व्यवहारका महान कृष्ण
कहिले पनि भेटिएन
सबै भाइरस र राछ्यसहरू भएर निस्किए
किनकि, प्यारको नाममा सबै
एकसय एक गद्दारहरू थिए ।

हजार नामहरू फेरिए
र कयौ कृष्णहरू आए
तर, नत घर नै बन्यो
नत मन्दिर नै
मन्दिरको बद्लामा
उनीहरुले त्यहाँ वेश्यालय बनाए ।

उनी अहिले ज्युदै मर्न तयार छिन
तर, यो संसारमा सत्य र पवित्र प्रेम
हुन्छ भन्ने विषयलाई उनी नकार्छिन
हो यो प्रेम र पुरुस बकवास हो
उनी भनिरहिछिन
र जिन्दगीभर बुढी कन्या भएर उनी
अब अविवाहित नै रहने विचार गरिरहिछिन

बाघचालमा परेर बिलाइरहेकी
अभागी बाख्रीहरू झै
अनि सम्झिएर आफ्नै बुद्धिहरुलाई
र एकसाथ बिगतका ती गद्दारहरुलाई
कल्पिएर कुनै निर्धो
जन्ताहरू जस्तै गरेर
उनी अहिले रोइरहिछिन।

किनकि, भक्तिभाषणहरू सुनाएर
र नारीवादी नाराहरू लगाएर
उनको सारा अस्मिता लुटियो

र त्यो यो देशको थियो !

बिद्रोही कवि सुजन बुढाथोकी
उल्लुघुट्टु-मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *