चन्द्रमाको शीतल वादल वर पीपलको छाया
सधैंभरि यसै गरी मिलोस तिम्रो माया
अजम्बरी नाता हाम्रो हिमनदीको पानी
तिम्रै काखमा हासी खुसी बितोस जिन्दगानी
माछापुच्छ्रे हिमालपारी टल्किएको सुन
पिरतीको यसै गरी बजोस मीठो धुन
जनम जनम सातै जनम एक अर्काको साथी
मुना मदन जिस्क्याउला उँडी बादलमाथि
सप्तरङ्गी इन्द्रेणीको घुम्टो भित्र छाया
सधैंभरि यसै गरी मिलोस तिम्रो माया