Skip to content


कहाँ गयो हाम्रो विकास
आकाशमा गयो कि पातालमा
साढे दुई करोड जनतालाई थाहा छैन
अहिले पनि सबै मिले धेरै पर गा’छैन
सबै सत्तावादी आफ्नो गुनगान गाउँछन्
विकासको नाममा एकसेएक फलाक्छन्
केही जनता हाँ मा हाँ मिलाउँछन्
मौका परे आफ्नो दुनो आफैँ सोझाउँछन्
कहाँ गयो हाम्रो विकास…….
विकासको नाममा सिन्को नभाँच्नेलाई
चिन्नुपर्छ हामीले विकास विरोधीलाई
संसार नजिक भइसक्यो विकासले गर्दा
हामीले भने यो शताब्दीमा समेत टुकी बाल्नुपर्छ
कहाँ गयो हाम्रो विकास………

-कमलपोखरी, काठमाडौ ँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *