Skip to content

चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले हङकङमा सिकेको हुँ । त्यहाँ म चार वर्षबसेको थिएँ कामको सिलसिलामा । सधैँ झैँ हिजो पनि म आफ्नो टेबलतिर लागेँ । प्रायः त्यो खालि हुन्थ्यो । तर हिजो त्यसको एउटा कर्ुर्चीमा एकजना स्वास्नीमान्छे बसेकी थिई । पचास नाघिसकेकी त्यो स्वास्नीमान्छे झलक्क हर्ेदा कफी पसलतिर आउ-जाउ गर्ने जस्ती लागिन मलाई । उसको अनुहार सुन्दर थियो, उसले लगाएको लुगाहरूले उसको भद्रता पर््रदर्शन गरिरहेको थियो । वास्तविक नेपाली स्वास्नीमान्छे थिई ऊ । अनौठो लाग्यो मलाई, किनभने नक्कली संसारको जङ्गलमा बसेर पनि आफ्नो अनुहारलाई अवास्तविक रङ्गरोगन गरेर कुरुप बनाएकी थिई उसले । नबिग्रिएको काठमाडौँको अनुहार जस्तै लाग्यो त्यो मन्दस्मीत अनुहार मलाई । तर म उसको अघिल्तिरको कर्ुर्चीमा बस्न सकिन । त्यहाँ बस्नु राम्रो हुँदैनथ्यो । त्यसको िठक्क देब्रेतिर खालि टेबुल थियो । म त्यसैको आडको कर्ुर्चीमा गएर बसेँ । म कर्ुर्चीमा ट्यास्स बसेको मात्र थिएँ- गर्मी यामको लुगा लगाएको एउटा मानिस सरासर आएर महिला अघिल्तिरको खालि कर्ुर्चीको छेउमा उभियो । \”माफ गर्नु होला, म दस मिनेट ढिलो भएँ,\” उसको बोलीमा विनम्रता र रसमाधर्ुय दुवै थियो । \”बस्नुस्, नेपालमा दस मिनेटलाई ढिलो मानिदैन,\” महिलाको बोली पनि रूप जस्तै सुन्दर थियो । सुनिरहुँ लाग्ने खालको थियो ।

\”मैले फेरि परिचय दिनुपर्ने पो हो कि भन्ने लागेको थियो,\” महिलाको हँसिलो बोलीमा व्यङ्ग्य मिसिएको थिएन । तर पुरुष महिला जसरी लज्जियो । \”माफ गर्नु होला,\” लज्जा मिश्रति स्वरमा उसले भन्यो, \”हिजो तपाईलाई ठूलो हाकिम बस्ने कर्ुर्चीमा देख्दा मैले चिन्न सकिन । हुन पनि हामी चालीस वर्षछि आमने सामने भएका थियौँ ।\” अन्तिम शब्दहरू बोल्दा उसका स्वरमा दिक्दारी र उदासी मिसिएको हो कि जस्तो लाग्यो मलाई । \”तर मैले त तपाईँलाई देख्ने बित्तिकै चिनेँ,\” महिलाको स्वर भने सामान्य थियो । \”तपाईंको स्मरणशक्ति ऊबेलै पनि राम्रो थियो,\” पुरुष पनि सामान्य भइसकेको थियो । उसले आफ्नो छेउको कर्ुर्चीमा बस्तै भन्यो, \”तपाईं उसै पनि कक्षाको पहिलो विद्यार्थी, एस.एल.सी. को प्रथम श्रेणी । म कहाँको भालुभुत्ते । बल्लतल्ल सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गरेको मान्छे ।\” दुवै जना प्रौढ हाँसो हाँसे । \”केटाकेटी कति भए -\” प्रश्न महिलाको थियो । त्यो बाठी पनि रहिछे भन्ने मलाई लाग्यो । \’तपाईंले बिहे गर्नु भो -\’ भन्ने ठाडो प्रश्नको ठाउँमा बिहे भइसकेको कुरो जाँच्न उसले केटाकेटीको कुरो उठाएकी थिई । \”मैले त बिहे नै गर्न भ्याइन,\” पुरुषले उदास आवाजमा भन्यो ।

\”नभ्याएको कि नगरेको,\” महिलाको प्रश्नमा उत्सुकता मिसिएको थियो । \”जे भन्दा नि भो,\” पुरुष फेरि सामान्य भइसकेको थियो । उसले आफैँ कुरा अगाडि बढायो, \”अब हाम्रो उमेर उबेलाको जस्तो छैन । समयमै बिहे गरेको भए मेरा नातिनातिना भइसक्थे होलान् । तपाईंको परिवार भरिपर्ूण्ा होला….,\” महिलाबाट केही टिप्पणी आइहाल्ला कि भनेर पुरुष एकछिन मौन भयो । तर महिलाले दस सेकेन्डसम्म पनि कुनै प्रतिक्रिया जनाइन । उसको अनुहार निर्विकार थियो र उसका आँखाहरू आफू अगाडि बसेको पुरुषको अनुहारमा टाँसिएका थिए । \”त्यसैले हामी उहिलेको कुरालाई अरू कसैको जीवनमा घटेको घटनाकै रूपमा स्मरण गर्न सक्छौँ । त्यतिबेला म जे थिएँ, अहिले त्यो छैन र मलाई लाग्छ त्यतिबेला तपाईं जे हुनुहुन्थ्यो अहिले तपाईंं पनि त्यो हुनुहुन्न । नत्र एकै भेटमा तपाईं कसरी मलाई यो कफी सपमा कफी खान बोलाउनुहुन्थ्यो र !\” पुरुषको बोलीमा सँगालिएको भारीपन चाहिँ मैले पनि सुन्न सक्ने खालको थियो । \”तपाई्र उस्तै भावुक हुनुहुँदो रहेछ,\” महिलाको स्वर भने अत्यन्तै सामान्य थियो । तिनीहरूको विगत कुनै दर्ुघटनामा फसेको रहेछ भन्नेसम्मको अनुमान मैले गरेको थिएँ । तर त्यो कस्तो दर्ुघटना थियो, किन पुरुष स्वरमा बढी विरक्ति भरिएको थियो, किन महिला सहज र सामान्य थिई भन्ने जान्न त्यस्सै मभित्र चासो पलायो । \”तपाईँ उस्तै भावुक हुनुहुँदो रहेछ । चालीस वर्षा संसार चिताइनसक्नु गरी फेरिन्छ । त्यो फेरिएको पनि छ । तपाईंको भावुकताले नै तपाईंलाई एक्लो राखेको रहेछ । जिन्दगीलाई तपाईंले दुःखमा जिउनु भएको रहेछ…।\” \”त्यस्तो पनि अलिक होइन,\” पुरुषले महिलाको बोली काट्दै भन्यो, \”अन्यथा नठान्नु होला । मैले कुनै कृत्रिम कुरो गरेको छैन । भावुक त छु नै म । त्यसैले आफ्नो अपमान सहन नसकेर मैले देशै छोड्ने अठोट गरेँ । सुरुमा कलकत्ता गएँ । मामा हुनुहुन्थ्यो । उहाँकै आडमा चार वर्षपढेँ । उहाँकै कम्पनीमा जागिर खान थालेँ । मास्टर सकिएपछि मामाले देश फर्कौँ भन्नुभयो । म सधैंँका लागि देश छोडेरै हिँडेको थिएँ । त्यसैले मैले होटल व्यवस्थापनमा डिप्लोमा लिने निर्ण्र्ाागरेँ । त्यो मेरो सुवचारित योजना थियो । म कहिल्यै नेपाल नफर्किने गरी सात समुद्र पारिको देशमा जाने र उतै आफ्नो चिहानको माटो किन्ने सोचाइमा थिएँ….।\” \”तर त्यस्तो भएन,\” स्वास्नीमान्छेले मधुर मुस्कान सहित भनी । \”त्यस्तो भए तपाईँलाई म कसरी यो काठमाडौँमा, तपाईँले सदाका लागि छोडेर गएको देशको राजधानीमा भेट्थेँ र -\” पुरुष मुसुक्क मुस्कुरायो ।

\”तर अब म नेपालको नेपाली रहिन । म त्यो चालीस वर्षपुरानो जीवनलाई कहिल्यै बिर्सन पनि सक्दिन । सधैँ म सम्भिmन्छु- म नेपाली होइन, म नेपालले घृणा गर्ने मेरो बाबुआमाको रगतको निसानी मात्र हुँ ।\” महिलाको अनुहारमा कुनै परिवर्तन थिएन । अनुहारको अपरिवर्तन प्रतिबिम्बित भएको आवाजमा उसले सोधी, \”धर्मै परिवर्तन त गर्नुभएन तपाईँले -\” \”गरिन,\” पुरुषको स्वर सामान्य भइसकेको थियो, \”धर्मकै कारण मेरो जीवनको सुन्दर सपना तुहिएको हो भन्ने जिकिर थियो मेरो मनको । सायद एउटा धर्मले धोका दिएको हुनाले सबै धर्मप्रति मेरो अरुचि रहृयो होला ।\” एकछिनका लागि रोकिएको थियो पुरुष । तर महिलाले बोल्ने जमर्को गरिन । त्यसैले पुरुषले नै कुरो तन्कायो, \”मेरो त पुराण नै सकियो । तपाईँको जीवनयात्रा जान्ने अधिकार छैन मसँग -\” महिला मुस्कुराइ, उही परिचित मुस्कान । मुस्कुराइरहेका आँखा यताउता डोलाउँदै उसले भनी, \”मैले जीवन भोगेँ । रहर लाग्दो गरी भोगेँ । जीवनले मलाई साथ पनि दियो । तपाईँसँग छुट्टएिको पाँच वर्षछि मेरो बिहे भयो एउटा सुन्दर युवकसँग । मैले त्यो युवकमै तपाईँलाई देख्न थालेँ, भोग्न थालेँ । त्यसैले मैले पीडामा रन्थनिनु परेन । एउटा छोरो र एउटी छोरी भई पाँच वर्षो अन्तरालमा । हामीले बीस वर्षो वैवाहिक जीवन बितायौँ सँगसँगै । छोराले ग्य्राजुएसन गरेकै साल क्यान्सर देखियो मेरो पतिको शरीरमा । दर्ुइ वर्षअरू बाँच्नुभयो उहाँ । त्यस यता मैले छोराछोरीमा आफ्नो जीवन समर्पित गरेँ । यतिबेला म एक्लै छु । छोरो अमेरिका भास्सिएको छ । उसले उतै बिहे गरेको समाचार आएको छ । मैले भोगेको दुःख, छोरीलाई भोग्न दिइन मैले । उसले यहीँको नेवार समुदायको केटासँग बिहे गरेकी छ । राजीखुशीले मैले उनीहरू दुवैजनाको विवाह दर्तामा आफ्नो स्वीकृतिको हस्ताक्षर गरेकी छु ।\” \”तपाईँले सम्पर्ूण्ा जीवन जिउनु भएछ,\” पुरुषको स्वरमा प्रसन्नता थियो, \”सबै दायित्व पूरा भएछन् ।\” \”कहाँ पूरा हुनु -\” महिलाले मुसुक्क हाँसेर भनी, \”पूरा भएको भए हिजो तपाईँसँग मेरो भेट हुने नै थिएन ।\” मायालु पाराले मुस्कुराए ती दुवै ।

\”म दिक्क भएको थिएँ देशसँग फेरि । दसबाह्र करोडको योजना लिएर फर्किएको थिएँ म नेपालमा । समाजले घृणा गरेकी मेरी आमाको नाउँमा, आफू जन्मिएको गाउँ थलोमा उज्यालो क्षितिज निर्माण गर्न आएको थिएँ म । सायद म हेपिएको जातको भएको हुनाले होला, मेरो योजना पनि अछुतै भयो । तीन मेघावाट बिजुली निकाल्न यत्ति धेरै चाकरी र कसरत गर्नुपर्छ भन्ने मलाई लागेको थिएन । कहिले उता जा भन्छन् कहिले माथि । कहिले तल अनि कहिले विभाग । म फर्किनै लागेको थिएँ । भाइहरूले \’एकपल्ट मन्त्रालयमै जाउँ, भए काम भइहाल्छ नभए कहिल्यै नहुने टुङ्गो लाग्छ\’ भनेको हुनाले तपाईंको कार्यालयसम्म पुगेँ ।\” \”म त्यहाँ काम गर्छर्ुुनेर तपाईँ आउनु भएको होइन त्यसोभए !\” महिलाको स्वर आहत भए जस्तो सुनेँ मैले । तर उसको अनुहारमा कुनै परिवर्तन थिएन । \”त्यस्तो भएको भए म तपाईँलाई चिनेकै व्यवहार गरिहाल्थेँ नि !\” पुरुष एकछिनका लागि रोकियो, \”हो ढोकाबाट छिर्दा एउटी महिलालाई आफू अघिल्तिरको कर्ुर्चीमा बसेको देख्ता आश भने पलाएकै थियो । किन पलायो – त्यो त म भन्न सक्दिन । तर त्यो पलाएकै थियो । तपाईँका कुरा सुन्दा म झनै आशावादी भएको थिएँ । तर त्यो शृङ्खलाभित्र तपाईँलाई मैले बाल्यकालदेखि नै चिनेको व्यक्तिको चेत जागेकै थिएन ।\” \”विदेशमा बसेको तपाईंजस्तो मान्छेले नेपालका महिलालाई चाहिँ सकारात्मक संवेदना हुन्छ भनेर कसरी अडकल गर्नुभयो -\” \”सायद, मेरो मनमा मातृ हृदयको छाप झुल्कियो होला फेरि । मेरी आमा साह्रै ममतामयी हुनुहुन्थ्यो । सबै दुःखलाई पर्ूवजन्मको फल भनेर सहनुहुन्थ्यो । आक्रोस, घृणा, तिरस्कार उहाँको अनुहारमा मैले कहिल्यै देखिन । मृत्युपर्ूव दश वर्षउहाँ मसँग हङकङमै बस्नुभयो । मृत्युले निम्तो गर्यो भन्ने लागेपछि उहाँले भन्नुभयो, \”छोरा, तिमी जहाँ बसे पनि मेरो आशर्ीवाद सँगै रहिरहने छ । तर अब नेपाल जान्छु । आफ्नै पितापर्ुखाको थलोमा म मर्न चाहन्छु । तिमीलाई नेपाल पटक्कै मन पर्दैन । तर पनि मेरो समाचार लिँदै गर्नु । म बिरामी परेँ भन्ने बित्तिकै मेरो मुख हर्ेन मात्रै भए पनि एकपल्ट नेपालमा पाइलो हाल्नु… ।\” \”त्यतिबेला पाइलो हाल्नुभयो -\” \”हालेँ । काठमाडौँमा एक रात पनि नबसी घर गएँ । आमा मृत्युशय्यामा हुनुहुन्थ्यो । उपचारका लागि दिल्ली जाउँ भनेँ । आमाले मान्नुभएन । \’अब मेरा जाने दिन आए, एउटा काम अह्राउँछु जसरी पनि गर्नु, नत्र मेरो परत्र सप्रिँदैन\’ भन्नुभयो । मृत्युशय्याकी आमालाई मैले वचन दिनैपथ्र्यो । त्यही वचन निभाउन म अहिले नेपाल आएको हुँ ।\” उनीहरूले पनि कफी मात्र समातेका थिए । मेरो त कफीकै कार्यक्रम मात्र थियो । उनीहरूको कफी सकिएको थिएन, मेरो कफी र कफी खाने समय दुवै सकिएका थिए । अभद्रता देखाउँदै मैले त्यहाँ बसिरहन सुहाउँदैनथ्यो । म उठने तरखरमा लागेँ । \”यो काम सकेपछि तपाईँ नेपाल फर्किनु हुन्न -\” महिलाले सोधी ।

\”भाइहरूले सम्हाल्छन्, आउने जाने त चलिरहला,\” पुरुषले जवाफ दियो । \”अबका भेटहरू अप्रत्यासित हुने छैनन्,\” महिलाको जिज्ञासा थियो । पुरुषले के जवाफ दियो को नि, म िसकेको थिएँ । मैले त्यहाँ उभिनु हुँदैनथ्यो । महिलालाई मैले अझै पनि चिनेको छैन । तर हङकङमा मलाई कफीको स्वाद चखाउने त्यो पुरुष जीवन सुनाम नै हो भनेर चिन्न मलाई गाह्रो परेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *