Skip to content


स्नेहा पाँच कक्षामा पढ्दैछिन् । उनको स्कुल घरदेखि अलि पर छ । उनी स्कुल जाने बेलामा र स्कुलबाट र्फकने बेलामा एकजना बूढो मान्छे सधैँ बाटोमा बसेर माग्न बसेको देख्छिन् । उसको जिउमा बाक्लो र न्यानो लुगा पनि हुँदैन । जाडोमा लगलग काम्दै माग्न बसेको त्यो बेसहारा बूढो मान्छेलाई देखेर स्नेहालाई निकै नरमाइलो लाग्छ र दुःख पनि लाग्छ । उनी त्यो बूढो मान्छेलाई एक छिनसम्म हेरिरहन्छिन् र हेर्दैहेर्दै जान्छिन् ।

घरमा पुगिसकेर पनि स्नेहालाई त्यो बूढो मान्छेको सम्झना आइरहन्छ । कहिलेकाहीँ उसलाई सम्झेर स्नेहा एक्लै टोलाइरहन्छिन् । स्नेहा यसरी एक्लै टोलाइरहेको देखेर उनका आमाबाबुले चिन्ता मान्दै के भयो भनेर सोध्नु पनि हुन्छ । स्नेहा भने केही पनि भएको छैन भन्दै टारिदिन्छन् ।

स्नेहाको जन्मदिन आउँदै छ । त्यसैले घरका सबै स्नेहाको जन्मदिन रमाइलोसित मनाउने बारेमा सल्लाह गर्दैछन् । स्नेहालाई भने त्यो बूढो मान्छेको दयालाग्दो हालत सम्झेर आˆनो जन्मदिनको पनि वास्ता भइरहेको छैन । उनी आˆनो जन्मदिन नजिकै आउँदा पनि त्यति खुसी हुन सकिरहेकी छैनन् । स्नेहाको मनमा सधैँ त्यो बूढो मान्छेलाई कति जाडो हुन्छ होला, राम्रोसित खान पनि पाउँछ कि पाउँदैन होला भन्ने कुरा मात्रै आइरहन्छ । यस्तो सम्झेर कहिलेकाहीँ उनलाई खान पनि मन लाग्दैन । अनि उनले खान मन नगरेको देखेर आमाले पिर मानेर सोध्नुहुन्छ- “स्नेहा, तिमीलाई अचेल के भएको छ हँ ?’

आमाको प्रश्न सुनेर स्नेहा अलि गम्भीर भएर भन्छिन्- “मलाई केही भएको छैन ममी तर म एउटा कुरा सोचिरहेकी छु ।”

“कस्तो कुरा ?” आमा उत्सुक भएर सोध्नुहुन्छ ।

“ममी, यसपालि मैले मेरो जन्मदिन उपहार लिएर होइन, उपहार दिएर मनाउने विचार गरेकी छु ।’ स्नेहा आˆनो मनको कुरा पोख्छिन् । स्नेहाको विचार सुनेर आमा पनि खुसी हुनुहुन्छ । अनि मायाले स्नेहाको टाउको सुम्सुम्याइ दिनुहुन्छ । आमाको प्यारले स्नेहा पनि खुसी हुन्छिन् ।

साँझ स्नेहाको बाबु अफिसबाट र्फकनु भएपछि स्नेहाको आमाले स्नेहाको विचार सुनाउनु हुन्छ । स्नेहाको विचार सुनेर स्नेहाको बाबु पनि खुसी हुनुहुन्छ तर जन्मदिनको अवसरमा उपहार लिनुको सट्टा उपहार दिने स्नेहाको विचार सबैलाई राम्रो लागे पनि त्यो उपहार कसलाई र के दिने भन्ने कुरा स्नेहाले स्पष्टरूपमा नभनेकी हुँदा सबैको मनमा खुल्दुली हुन्छ । अनि सबै स्नेहाले कसलाई के उपहार दिने होला भनेर उनको जन्मदिन पर्खिरहन्छन् ।

स्नेहाको जन्मदिनको एक दिन अघि स्नेहाको बाबुले स्नेहालाई सोध्नुहुन्छ- “छोरी, तिमी आˆनो जन्मदिनको अवसरमा कसलाई के उपहार दिन चाहन्छ्यौ भन, म किनेर ल्याइदिन्छु ।’

बाबुको कुरा सुनेर स्नेहा खुसी हुन्छिन् र भन्छिन्- “बाबा, मलाई हजुर जस्तै पाको मान्छेले लगाउने एकजोर कपडा किनेर ल्याइदिनुस् न ।’

स्नेहाको बाबुभन्दा पनि पाको मान्छे घरमा अरू कोही नभएको हुँदा स्नेहाले त्यो कपडा कसलाई उपहार दिने होला भनेर स्नेहाको बाबु र आमा दुवै सोच्न थाल्नुहुन्छ । स्नेहाको कुरा अलि रहस्यपूर्ण लागेर उहाँहरू दुवै मुसुमुसु हाँस्नुहुन्छ ।

स्नेहाको जन्मदिन । स्नेहाको बाबुआमा बिहान सबेरै उठेर मन्दिर जाने तयारी गर्नुहुन्छ । स्नेहा पनि सबेरै उठेर बाबुआमासँगै मन्दिर जान तयार हुन्छिन् । मन्दिर जाँदा स्नेहाले त्यो कपडाको पोको पनि साथै बोकेकी हुन्छिन् । मन्दिरमा सबैजना भगवान््को पूजा गर्छन् । बाबुआमा दुवैले स्नेहालाई टीका लगाएर आशीर्वाद दिनुहुन्छ । स्नेहा पनि भगवान्को पूजा गर्दै ‘धेरै पढ्न आओस्’ भनेर भगवान्सँग प्रार्थना गर्छिन् ।

सहरका विभिन्न मन्दिरहरूमा भगवान्को पूजा र दर्शन गरेर घर फर्किँदा त्यो बूढो मान्छे सधैँझैँ बाटोमा बसेर मागिरहेको हुन्छ । उसलाई देखेर स्नेहा बाबुलाई गाडी रोक्न अनुरोध गर्छिन् । ‘छोरीले के गर्न लागिन् ?’ भनेर अनौठो मान्दै बाबु गाडी रोक्नुहुन्छ । स्नेहा कपडाको पोको लिएर गाडीबाट ओर्लेर सिधै बूढो मान्छे नजिक पुग्छिन् । जाडोले गर्दा त्यो बूढो मान्छे लगलग कामिरहेको हुन्छ । अनि स्नेहाले त्यो कपडाको पोको उसलाई दिँदै भन्छिन्- “लिनुस् बाबा, आज मेरो जन्मदिनको अवसरमा मेरो तर्फबाट हजुरलाई उपहार हो यो ।’

जाडोको बेलामा कपडा उपहार पाएर त्यो बूढो मान्छे खुसीले गद्गद् हुँदै भन्छ- “नानीको जय होस् ।’

आˆनो इच्छा पूरा भएकोमा स्नेहा पनि खुसी हुन्छिन् । स्नेहाको यस्तो असल काम देखेर उनका बाबुआमा पनि एकदमै खुसी भएर भन्नुहुन्छ- “स्याबास् छोरी, तिमीले धेरै राम्रो काम गर्‍यौ । यसैगरी सबैले असहाय, दीनदुःखीहरूको सेवा र समाजका जेठा मानिसहरूको सम्मान गर्न सके भने कसैले पनि दुःखी र असहाय भएर बाँच्नुपर्ने छैन ।’

बाबुको यस्तो प्रेरक वचन सुनेर स्नेहालाई झन् बढी खुसी लाग्छ । अनि सबै खुसी हुँदै घरतिर लाग्छन् । घर पुगेर हतारहतार खाना खाएर स्नेहा स्कुल जान्छिन् । उनले आˆनो किताब बोक्ने झोलामा चकलेट पनि राखेकी छिन् । आˆनो जन्मदिनको अवसरमा साथीहरूलाई चकलेट बाँड्न स्नेहालाई निकै हतार भइसकेको छ ।स्नेहा स्कुलबाट र्फकँदा त्यो बूढो मान्छेले त्यही नयाँ कपडा लगाइराखेको हुन्छ । उसलाई अब जाडो पनि लागेको हुँदैन । त्यो देखेर स्नेहालाई एकदम धेरै खुसी लाग्छ र खुसी हुँदै उनी घरतिर कुद्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *