Skip to content

यो मायाको मौनताले पोल्न थाल्यो मनमा

  • by


पानी सुक्यो बागमत्तीमा आगो लाग्यो वनमा
यो मायाको मौनताले पोल्न थाल्यो मनमा

सधैंलाई सुक्ने हो कि यो खोलाको पानी
बगर झैं हुने हो कि मेरो जिन्दगानी
पहिरो कतै गएछ कि मेरो रनवनमा

पीपलको बोटमुनि शीतल त्यो छायाँ
मन्द मन्द हावाबिच मिठो तिम्रो माया
गीत आज गुन्जिएन बाँसुरीको धुनमा
यो मायाको मौनताले पोल्न थाल्यो मनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *