Skip to content

नसकिँदो रैछ हजुर


छल कपट गर्ने सँग नसकिँदो रैछ हजुर,
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

जोगाएर राखे पो त काम लाग्छ अनिकालमा,
सधैं खपत गर्ने सँग नसकिँदो रैछ हजुर ।
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

बल्ल बल्ल उन्को बचन हार्न नसकेर दिएँ,
साह्रै आपत गर्ने सँग नसकिँदो रैछ हजुर ।
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

भोलि फिर्ता गर्छु भन्छन् नानाभाँती कसम खान्छन्,
झुठो सपथ गर्ने सँग नसकिँदो रैछ हजुर ।
सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।

बर्षौँ भयो अझैपनि फर्काउने त कुरै छैन,
मनै जफत गर्ने सँग नसकिँदो रैछ हजुर ।

सर सापट गर्ने सँग नसकिँदो रैछ हजुर ।
छल कपट गर्ने सँग नसकिँदो रैछ हजुर ।

3 thoughts on “नसकिँदो रैछ हजुर”

  1. चिसो हावामा
    तिमीले
    न्यानो घाम

    चिसो हावामा
    तिमीले
    न्यानो घाम खोज्यौ
    रातको अँध्यारोमा
    तिमीले
    उज्यालो बिहानी रोज्यौ
    तिमीले खोजेको
    घाम हूँ म
    तिमीले रोजेको
    बिहानी हूँ म ।

    सुख्खा मरूभूमिमा
    तिमीले
    रंगीचंगी फूल चाह्यौ
    शिशिरको जाडोमा
    तिमीले
    सुन्दर वसन्त माग्यौ
    तिमीले चाहेको
    फूल हूँ म
    तिमीले मागेको
    वसन्त हूँ म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *